श्रावण १४, २०८२ बुधबार | १९:३१:०६
युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक म्यानचेस्टर सिटी फर्किए गोलकिपर जेम्स ट्राफोर्ड युवा बक्सिङ टोली थाइल्यान्ड प्रस्थान पुलिसको सहज जित एएफसी एसियन कप छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ लुइस डियाज बायर्न म्युनिखमा अनुबन्ध अन्तिम समयमा सम्हालिन नसक्दा एपिएफले अंक बाँड्यो पोखरा महानगरपालिका पल्सर स्पोर्टस अवार्डको प्रवर्धक बुमराहले इङ्ल्यान्डविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट गुमाउने आन्द्रे टेर स्टेगनको सफल शल्यक्रिया ब्राजिल उपाधि नजिक म्यानचेस्टर सिटी फर्किए गोलकिपर जेम्स ट्राफोर्ड

हेल्प नेपालको विजयी यात्रा जारी

काठमाडौं ।  साबिक विजेता हेल्प नेपाल स्पोर्टस क्लबले प्रधानमन्त्री कप एनभिए लिगमा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको‌ तेस्रो खेलमा हेल्प नेपालले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

हेल्प नेपालले खेल २५-२१, २५-२२, २५-२१ ले आफ्नो पक्षमा पार्यो । यसअघि हेल्प नेपालले त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम खेलकुद परिषद्लाई पराजित गरेको थियो ।

यता एपिएफको भने यो लगातार दोस्रो हार हो । यसअघि सुदूरपश्चिमलाई पराजित गरेको एपिएफले मणिमुकुन्द भलिबल क्लबसँग हार बेहोरेको थियो ।

शनिबारै पुरुषतर्फका अन्य खेलमा आर्मीले मणिमुकुन्दलाई ३-२ तथा गण्डकी प्रदेश भलिबल संघले नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गरे ।

यसैगरी शनिबारै सम्पन्न महिलातर्फका खेलमा एपिएफले आर्मी र पुलिसले कर्णाली खेलकुद विकाश परिषद्लाई समान ३-० तथा न्यु डायमन्ड स्पोर्टस क्लबले एभरेस्ट भलिबल क्लबलाई ३-१ को सेटमा हराएका थिए ।


भिडियो
AFC AISAN CUP छनोट खेल्न भुटान जाने यु-२० महिला टोलीको बिदाइ ll NATIONAL U-20 WOMEN'S TEAM
उत्तर कोरियाले विश्वकप खेलेको छ भन्दैमा डराउनु पर्दैन ll Kiran Rai ll General Secretary, ANFA
उत्तर कोरियाको चुनौतीका लागि तयार छौं ll Birsana Chaudhary ll Captain ll National U-20 Women's Team
मिडफिल्ड र डिफेन्समा होमवर्क गरेका छौं ll Yam Gurung ll Head Coach: National U-20 Women's Team
Deleted video
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081