माघ १५, २०८२ बिहीबार | १२:४०:०९
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

नेपालीको जीनमा फाइटिङ स्पिरिट छः जगदीश भट्ट

फाइल तस्विर

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले नेपालीको जीनमा फाइटिङ स्पिरिट भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार केडिया ग्रुपको आयोजनामा भएको नेपाल भलिबल लिग(एनभिएल)को लोगो र स्लोगन सार्वजनिक कार्यक्रममा खेलाडी डटकमसँगको कुराकानीमा भट्टले नेपालीको विशेषताका बारेमा बताएका हुन् ।

‘नेपालीको जीनमा फाइटिङ स्पिरिट छ । यही कारण नेपाली भलिबलले अरु देशभन्दा माथि जान सक्ने क्षमता राख्छ,’ भट्टले भने, ‘यी फाइटिङ स्पिरिट भएका खेलाडीमा लगानी गर्न सक्यौं भने देशले भलिबलमा फड्को मार्नेछ ।

मंगलबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, केडिया ग्रुपका अध्यक्ष विमल केडिया, केडिया तथा लिगका कार्यकारी निर्देशक अश्विन केडियालगायतको उपस्थितिमा आयोजक केडियाले एनभिएलको लोगो र स्लोगन सार्वजनिक गरेको थियो ।

कार्यक्रमपश्चात भट्टले खेलाडी डटकमसँग नेपाली पुरुष भलिबलको सम्भावनाका बारेमा आफ्नो धारणा राखे ।

‘हाम्रा खेलाडीमा मनोबलको कमी छ, भविष्य सुनिश्चिताको कमि छ । हामीमा प्रविधिको कमि छ । दक्ष प्राविधिकको पनि कमि छ । यी सबै कुरामा नेपाल सरकारले ध्यान दिने हो भने पुरुष भलिबल अरु देशभन्दा माथि जान सक्छ,’ भट्ट भन्छन्,‘नेपाली युवाहरु खेलकुदका माध्यमबाट राष्ट्रको सेवा गर्न तयार छन् । तर, यसका लागि व्यावसायिक घरानाले लगानी गर्न आवश्यक छ ।’

भट्टले एनभिएल जस्ता फ्रेन्चाइज प्रतियोगिताले पुरुष खेलाडी र समग्र राष्ट्रलाई नै फाइदा पुग्ने धारणा राखे । उनले भने,‘खेलाडीले यसरी एक्सपोजर पाए भने वर्षभरि नै व्यस्त हुन्छन् । जसले गर्दा विदेश पलायन रोकिन्छ । कुलतबाट बच्न पनि यसले ठूलो सहयोग पुर्याउनेछ ।’

नेपालको पहिलो पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता एनभिएलमा ६ टोलीको सहभागिता रहने छ । ९ दिन हुने प्रतियोगितामा कूल १६ खेल खेलाइने छ। 

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

प्रतियोगिताको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जानकारी दियो । प्रतियोगिता आयोजनाका लागि गत असारमा नेपाल भलिबल संघ र केडिया ग्रुपबीच सम्झौता भएको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।