चैत्र ८, २०८२ आइतबार | १५:०९:०४
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

नेपालीको जीनमा फाइटिङ स्पिरिट छः जगदीश भट्ट

फाइल तस्विर

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले नेपालीको जीनमा फाइटिङ स्पिरिट भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार केडिया ग्रुपको आयोजनामा भएको नेपाल भलिबल लिग(एनभिएल)को लोगो र स्लोगन सार्वजनिक कार्यक्रममा खेलाडी डटकमसँगको कुराकानीमा भट्टले नेपालीको विशेषताका बारेमा बताएका हुन् ।

‘नेपालीको जीनमा फाइटिङ स्पिरिट छ । यही कारण नेपाली भलिबलले अरु देशभन्दा माथि जान सक्ने क्षमता राख्छ,’ भट्टले भने, ‘यी फाइटिङ स्पिरिट भएका खेलाडीमा लगानी गर्न सक्यौं भने देशले भलिबलमा फड्को मार्नेछ ।

मंगलबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, केडिया ग्रुपका अध्यक्ष विमल केडिया, केडिया तथा लिगका कार्यकारी निर्देशक अश्विन केडियालगायतको उपस्थितिमा आयोजक केडियाले एनभिएलको लोगो र स्लोगन सार्वजनिक गरेको थियो ।

कार्यक्रमपश्चात भट्टले खेलाडी डटकमसँग नेपाली पुरुष भलिबलको सम्भावनाका बारेमा आफ्नो धारणा राखे ।

‘हाम्रा खेलाडीमा मनोबलको कमी छ, भविष्य सुनिश्चिताको कमि छ । हामीमा प्रविधिको कमि छ । दक्ष प्राविधिकको पनि कमि छ । यी सबै कुरामा नेपाल सरकारले ध्यान दिने हो भने पुरुष भलिबल अरु देशभन्दा माथि जान सक्छ,’ भट्ट भन्छन्,‘नेपाली युवाहरु खेलकुदका माध्यमबाट राष्ट्रको सेवा गर्न तयार छन् । तर, यसका लागि व्यावसायिक घरानाले लगानी गर्न आवश्यक छ ।’

भट्टले एनभिएल जस्ता फ्रेन्चाइज प्रतियोगिताले पुरुष खेलाडी र समग्र राष्ट्रलाई नै फाइदा पुग्ने धारणा राखे । उनले भने,‘खेलाडीले यसरी एक्सपोजर पाए भने वर्षभरि नै व्यस्त हुन्छन् । जसले गर्दा विदेश पलायन रोकिन्छ । कुलतबाट बच्न पनि यसले ठूलो सहयोग पुर्याउनेछ ।’

नेपालको पहिलो पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता एनभिएलमा ६ टोलीको सहभागिता रहने छ । ९ दिन हुने प्रतियोगितामा कूल १६ खेल खेलाइने छ। 

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

प्रतियोगिताको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जानकारी दियो । प्रतियोगिता आयोजनाका लागि गत असारमा नेपाल भलिबल संघ र केडिया ग्रुपबीच सम्झौता भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो