चैत्र १८, २०८२ बुधबार | ०८:४४:४५
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

हेल्प नेपालले उपाधिका लागि क्यालिकट हिरोजको सामना गर्ने

फाइल तस्विर

काठमाडौं । एनभिए लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट क्लब सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

हेल्प नेपालले खेल २५-१६, २८-१८, २५-२१ ले आफ्नो पक्षमा पार्यो ।

लिग चरणबाट हेल्प नेपाल दोस्रो र एचडिसी चौथो स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेका थिए ।

लिग चरणमा भारतको क्यालिकट हिरोजलाई ३-२ तथा गण्डकी प्रदेश र एचडिसीलाई समान ३-१ को सेटमा हराएको हेल्प नेपाल इरानको युवा टोलीसग ३-१ को सेटमा पराजित भएको थियो ।

यता गण्डकीलाई ३-२ को सेटमा पराजित गरेको एचडिसीले क्यालिकट हिरोजसँग ३-१ र इरानसँग ३-२ को सेटमा हार ब्यहोरेको थियो ।

शनिबार हुने फाइनलमा हेल्प नेपालले क्यालिकट हिरोजको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा क्यालिकट हिरोजले इरानलाई ३-१ को सेटमा हराएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो