काडमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाल ३-२ को सेटमा पराजित भएको थियो । फाइनल हेर्न महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल पनि उपस्थित थिए ।
महानगरले टोलीका १४ खेलाडी र मुख्य प्रशिक्षक जगदिश भट्टलाई जनही एक लाख तथा सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई जनही ५० हजार रुपैयाँ प्रदान गरेकाे छ ।
नेपाली टाेली
अरुणा शाही (कप्तान), सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द, कविता भट्ट, सलिना श्रेष्ठऽ संगम महतो, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन, आरती सुवेदी, सुमित्रा रेग्मी
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO