काठमाडौं । घरेलु टोली नेपालविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्दै भार सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न फाइनल खेल नेपालले २५-२३, १४-२५, २५-२२, २१-२५, ५-१५ ले गुमायो ।
पहिलो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । सुरुआतमै ३-० ले पछि परेको भारतले लगातार चार अंक जोडेको थियो । अन्त्यतिर २०-२३ ले पछि परेको अवस्थामा नेपालले लगातार पाँच अंक जोड्दै सेट आफ्नो पक्षमा पार्यो ।
दोस्रो सेटमा भने नेपालको प्रदर्शन निकै कमजोर रह्यो । तेस्रो सेटमा चुनौतीको सामना गरे पनि नेपालले सुरुआतदेखि नै अग्रता लिएको थियो ।
चौथो सेटमा केही चुनौती पेस गरे पनि पाँचौं तथा अन्तिम सेटमा भने नेपालको प्रदर्शन निकै कमजोर रह्यो ।
सेमिफाइलनमा नेपालले इरान र भारतले श्रीलंकालाई समान ३-० को सेटमा पराजित गरेका थिए । लिग चरणको खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।