काठमाडौं । घरेलु टोली नेपाल र भारत सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । खेल त्रिपुरेश्वरको कभर्डहलमा अपराह्न ५ बजे सुरु हुनेछ ।
सेमिफाइलनमा नेपालले इरान तथा भारतले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको थिए । नेपालले खेल २५–२१, २८–२६, २५–२० ले आफ्नो पक्षमा पर्यो ।
नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए । लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।
यसैगरी नेपालले लिग चरणमा श्रीलंका र माल्दिभ्सलाई समान ३–० र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो ।
नेपाल प्रतियोगितामा तेस्रो पटक उपाधि नजिक पुगेको हो । यसअघि दुई पटक उपाधि जितिसकेको छ । भारत भने लगातार उपाधि जित्ने योजनामा छ । भारत साविक विजेता हो ।
त्यही हारको बदला लिँदै नेपाल घरेलु सथर्मकमाझ उपाधि जित्ने योजनामा छ । यता, तेस्रो स्थानको लागि श्रीलंका र इरानबीच दिउसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।
भिडियो लिंकः
जगदिश भट्ट https://www.youtube.com/watch?v=8YSy7VTAYhM&t=11s
भरत शाह https://www.youtube.com/watch?v=Xlrk23u-AKs&t=14s
कुमार राई https://www.youtube.com/watch?v=Xf0vSHK_NN4&t=25s
ललिता नाथ https://www.youtube.com/watch?v=WZxsBBCWd6A&t=7s