चैत्र १५, २०८२ आइतबार | १२:०९:४९
लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज

काभा बिच भलिबलको विजेता र उपविजेता टोली स्वदेश आइपुग्यो

काठमाडौं । भुटानमा सम्पन्न सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) बीच भलिबल च्याम्पियनसिपको विजेता तथा उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ ।

आइतबार बिहान नेपाल आइपुगेको टोलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरत शाह, महिला राष्ट्रिय टोलीका प्रशिक्षक जगदीश भट्ट लगायतले स्वातग गरेका थिए ।

थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा बिहीबारदेखि शनिबारसम्म भएको प्रतियोगितामा महिलतर्फ विजेता र पुरुषतर्फ उपविजेता बनेको थियो ।

फाइनलमा नेपालले उज्वेकिस्तान ‘ए’ लाई २-० को सोझो सेटमा पराजित गरेको थियो ।

कमला पुन र मनिषा चौधरीको जोडी २१-१७,२१-१४ ले विजयी भयो । गत संस्करणमा कमलाले काेपिला उप्रेतीसँग मिलेर रजत पदक जितेकी थिइन् ।

पुरुषतर्फको फाइनलमा भने माल्दिभ्ससँग २-० को सोझो सेटमा पराजित भयो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले खेल १९-२१, १७-२१ ले गुमायो । यो जोडी बंगलादेशमा सम्पन्न गत संस्करणमा पनि उपविजेता बनेको थियो ।

टोलीको प्रशिक्षकमा रुपेश विष्ट थिए । प्रयितोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टिमको सहभागिता थियो ।

 पुरुषमा नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गरेका थिए ।  महिलामा नेपाल, माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानले सहभागिता जनाएका थिए ।

दुवैतर्फ नेपालबाहेक अन्य देशबाट दुई टोलीको सहभागिता थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो