काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा इरानले लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार इरानले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हरायो । इरानले खेल २५-२१, २५-२०, २५-१६ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै इरानले तीन खेलमा पाँच अंक जोडेको छ । दुवै खेलमा पराजित माल्दिभ्स अंकविहिन छ ।
यसअघि भारतसँग ३-१ को सेटमा पराजित भएको इरानले श्रीलंकालाई ३-२ को सेटमा हराएको थियो । माल्दिभ्स भारतसँग ३-० कै सेटमा पराजिच भएको थियो ।
शनिबार नै सम्पन्न पहिलो खेलमा नेपालले भारतविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकालेको थियो ।
नेपालले खेल २५-१८, १२-२५, २५-१७, १८-२५, १५-१३ ले आफ्नो पक्षमा पार्यो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
