पुस ६, २०८२ सोमबार | १७:५६:५६
तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै

तस्बिरमा भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा तेस्रो पटक उपाधि जित्ने योजनामा नेपालले शनिबार गतिलो फड्को मारेको छ ।

त्रिपुरेश्वरस्थित आफ्नै कभर्डहलमा जारी प्रतियोगितामा दुई पटकको पूर्व च्याम्पियन नेपालले शनिबार चिर प्रतिद्वन्द्वी भारतमाथि ऐतिहासिक जित हासिल गर्यो ।

नेपालले शनिबार पाँच सेटसम्म संघर्ष गर्दै भारतमाथि ऐतिहासिक पहिलो जित हासिल गरेको हो । नेपालले शनिबार २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ को जित निकालेको थियो ।

यो जितसँगै पाँच वर्षअघि यही कभर्डहलमा भारतसँग पराजित हुँदै सागमा स्वर्ण पदक जित्नबाट बञ्चित भएको पीडामा नेपालले मल्हम लगाएको छ ।

दक्षिणको छिमेकी भारतमाथि नेपालले महिला भलिबलमा जित हासिल गरेको यो पहिलो पटक हो । 

पछिल्लो पटक त्रिपुरेश्वरकै कभर्डहलमा पाँच वर्षअघि सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा नेपाल भारतसँग पाँच सेटसम्म संघर्ष गर्नाका बावजुद पराजित भएको थियो ।

काठमाडौंमा जारी प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । 

नेपालले यसअघि बिहीबार उद्घाटन खेलमा श्रीलंकामाथि सोझो सेटमा जित हासिल गरेको थियो ।

पाँच टोली सहभागी प्रतियोगितामा जितसँगै नेपालले दुई खेलमा पाँच अंक जोडेको छ । 

पहिलो पराजय बेहोरेको भारत तीन खेलबाट सात अंक जोड्दै शीर्ष स्थानमा छ ।

भारतले यसअघिका दुई खेलमा इरानलाई ३–१ र माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो ।

अब नेपालले तेस्रो खेलमा आइतबार इरानको सामना गर्नेछ । 

समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । 

नेपालले २०१९ र २०२१ मा बंगलादेशमा भएका प्रतियोगिताका पहिलो दुई संस्करणमा लगातार स्वर्ण पदक जितेको थियो ।

गत वर्ष प्रतियोगिताको तेस्रो संस्करण काठमाडौंमै आयोजना हुँदा भने नेपालले कांस्य पदकमा चित्त बुझाएको थियो ।

लगातार दुई खेलमा जित हासिल गरेपछि नेपाली टोलीका खेलाडी तथा प्रशिक्षक यही लयलाई निरन्तरता दिँदै उपाधि जित्नेमा विश्वस्त छन् ।

नेपाली टोलीकी कप्तान अरुणा शाहीले भारतमाथिको जित ऐतिहासिक भए पनि फाइनल जितेपछि मात्र खुसी मनाउने बताइन ।

‘पक्कै पनि भारतमाथिको जितले हामी खुसी छौं । तर अझै हाम्रो लक्ष्य पूरा भएको छैन । हामी फाइनल जितेर च्याम्पियन बन्न चाहन्छौं,’ उनले भनिन ।

यसैगरी नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले लामो समयदेखि भारतलाई हराउनका लागि गरेको मेहनत सफल भएको प्रतिक्रिया दिए ।

उनले यही लयलाई आगामी चार खेलमा पनि कायम राखेर तेस्रो पटक नेपाललाई उपाधि जिताउने विश्वास व्यक्त गरे ।नेपालले यसअघि दुई पटक काभामा स्वर्ण पदक जित्दा तथा सागमा रजत पदक जित्दा पनि भट्ट नै टोलीका मुख्य प्रशिक्षक थिए । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I