चैत्र ११, २०८२ बुधबार | ०४:२९:४४
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

तस्बिरमा भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा तेस्रो पटक उपाधि जित्ने योजनामा नेपालले शनिबार गतिलो फड्को मारेको छ ।

त्रिपुरेश्वरस्थित आफ्नै कभर्डहलमा जारी प्रतियोगितामा दुई पटकको पूर्व च्याम्पियन नेपालले शनिबार चिर प्रतिद्वन्द्वी भारतमाथि ऐतिहासिक जित हासिल गर्यो ।

नेपालले शनिबार पाँच सेटसम्म संघर्ष गर्दै भारतमाथि ऐतिहासिक पहिलो जित हासिल गरेको हो । नेपालले शनिबार २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ को जित निकालेको थियो ।

यो जितसँगै पाँच वर्षअघि यही कभर्डहलमा भारतसँग पराजित हुँदै सागमा स्वर्ण पदक जित्नबाट बञ्चित भएको पीडामा नेपालले मल्हम लगाएको छ ।

दक्षिणको छिमेकी भारतमाथि नेपालले महिला भलिबलमा जित हासिल गरेको यो पहिलो पटक हो । 

पछिल्लो पटक त्रिपुरेश्वरकै कभर्डहलमा पाँच वर्षअघि सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा नेपाल भारतसँग पाँच सेटसम्म संघर्ष गर्नाका बावजुद पराजित भएको थियो ।

काठमाडौंमा जारी प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । 

नेपालले यसअघि बिहीबार उद्घाटन खेलमा श्रीलंकामाथि सोझो सेटमा जित हासिल गरेको थियो ।

पाँच टोली सहभागी प्रतियोगितामा जितसँगै नेपालले दुई खेलमा पाँच अंक जोडेको छ । 

पहिलो पराजय बेहोरेको भारत तीन खेलबाट सात अंक जोड्दै शीर्ष स्थानमा छ ।

भारतले यसअघिका दुई खेलमा इरानलाई ३–१ र माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो ।

अब नेपालले तेस्रो खेलमा आइतबार इरानको सामना गर्नेछ । 

समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । 

नेपालले २०१९ र २०२१ मा बंगलादेशमा भएका प्रतियोगिताका पहिलो दुई संस्करणमा लगातार स्वर्ण पदक जितेको थियो ।

गत वर्ष प्रतियोगिताको तेस्रो संस्करण काठमाडौंमै आयोजना हुँदा भने नेपालले कांस्य पदकमा चित्त बुझाएको थियो ।

लगातार दुई खेलमा जित हासिल गरेपछि नेपाली टोलीका खेलाडी तथा प्रशिक्षक यही लयलाई निरन्तरता दिँदै उपाधि जित्नेमा विश्वस्त छन् ।

नेपाली टोलीकी कप्तान अरुणा शाहीले भारतमाथिको जित ऐतिहासिक भए पनि फाइनल जितेपछि मात्र खुसी मनाउने बताइन ।

‘पक्कै पनि भारतमाथिको जितले हामी खुसी छौं । तर अझै हाम्रो लक्ष्य पूरा भएको छैन । हामी फाइनल जितेर च्याम्पियन बन्न चाहन्छौं,’ उनले भनिन ।

यसैगरी नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले लामो समयदेखि भारतलाई हराउनका लागि गरेको मेहनत सफल भएको प्रतिक्रिया दिए ।

उनले यही लयलाई आगामी चार खेलमा पनि कायम राखेर तेस्रो पटक नेपाललाई उपाधि जिताउने विश्वास व्यक्त गरे ।नेपालले यसअघि दुई पटक काभामा स्वर्ण पदक जित्दा तथा सागमा रजत पदक जित्दा पनि भट्ट नै टोलीका मुख्य प्रशिक्षक थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो