काठमाडौं । उपाधि जित्ने योजनासहित काभा यू–२० महिला भलिबल च्याम्पियनसिप खेल्न माल्दिभ्स पुगेको नेपाल पहिलो खेलमै श्रीलंकासँग लज्जास्पद हार बेहोरेको छ ।
माल्दिभ्सको मालेमा नेपाल बलियो श्रीलंकासँग ३–१ को सेटमा पराजित भयो । नेपाल सबै पक्षमा कमजोर देखिएको नेपाल २५–२०, २६–२४, २५–११ र २५–१८ पराजित भयो ।
विशेषतः नेपाली युवा खेलाडी सर्भिस र रिसिभमै चुकेका थिए । खेलाडीमा अनुभवको खाचो देखिएको थियो ।
जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्य राखेपनि नेपाल सफल भएन । नेपालले तीन अंक गुमाएको छ । जितबाट प्रतियोगिता सुरु गरेको श्रीलंकाले तीन अंक प्राप्त गर्याे ।
प्रशिक्षक कुमार राईले पहिलो खेलमा तालमेल अभाव र अनुभवको कम हुँदा हार बेहोरेको बताए ।
अब, नेपालले शुक्रबार कीर्गिस्तानसँग खेल्ने तालिका छ ।
नेपाली टोलीः
जेनिशा विक (कप्तान), अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढामगर, भावना तामाङ, निशा चौधरी, अनुषा चौधरी, मिना सुनार, आरती चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री