माघ २९, २०८२ बिहीबार | १०:०२:२२
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लब प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार लिग चरणको आफ्नो अन्तिम खेलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।

हेल्प नेपालले खेल २५-१७, २५-१५, २५-२१ ले आफ्नो पक्षमा पार्यो । हेल्प नेपालले उपाधिका लागि गण्डकी प्रदेशको सामना गर्नेछ ।

छैटौं जितसँगै हेल्प नेपालको सात खेलबाट १९ अंक छ । यसअघि बूढानीलकण्ठलाई ३-१, कोशी, सुदूरपश्चिम, एपिएफ र पुलिसलाई समान ३-० को सेटमा हराएको हेल्प नेपाल गण्डकीसँग ३-२ को सेटमा पराजित भएको थियो ।

लगातार तेस्रो पराजयसँगै सात खेलबाट १२अंक जोडेको आर्मीको फाइलन सम्भावना समाप्त भएको छ । यसअघि बूढानीलकण्ठ, कोशी, एपिएफ र सुदूरपश्चिमलाई समान ३-० को सेटमा हराएको आर्मी पुलिस र गण्डकीसँग समान ३-१ को सेटमा पराजित भएको थियो ।

पुरुषतर्फ शुक्रबार नै सम्पन्न खेलमा बूढानीलकण्ठले कोशी प्रदेशलाई ३-२ तथा एपिएफले सुदूरपश्चिमलाई ३-० को सेटमा पराजित गरे ।

यसैगरी शुक्रबार नै सम्पन्न महिलातर्फका खेलमा एभरेस्टले पुलिसलाई ३-१ तथा एपिएफले आर्मीलाई ३-० को सेटमा हराए ।

 

 


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं