मंसिर २१, २०८२ आइतबार | १७:१५:०६
अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक पोखराको सान्त्वना जित चितवनले दियो पोखरालाई सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत अन्नपूर्ण क्लबको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न इन्टर मियामीलाई पहिलो पटक एमएलएस कप अन्तिम समयमा सम्हालिन नक्सदा बराबरीमा रोकियो लिभरपुल बार्सिलोनाको जितमा फेरान टोरेसको ह्याट्रिक पोखराको सान्त्वना जित चितवनले दियो पोखरालाई सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध सानदार जित हासिल गर्दै विराटनगर क्वालिफायरमा हेजलेट पनि अर्धशतक बनाउँदै पवेलियन फर्किए सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाउँदै पवेलियन फर्किए डुप्लेसी सुदूरपश्चिमविरुद्ध विराटनगरको आक्रमक ब्याटिङ सुरुआत

आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लब प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार लिग चरणको आफ्नो अन्तिम खेलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।

हेल्प नेपालले खेल २५-१७, २५-१५, २५-२१ ले आफ्नो पक्षमा पार्यो । हेल्प नेपालले उपाधिका लागि गण्डकी प्रदेशको सामना गर्नेछ ।

छैटौं जितसँगै हेल्प नेपालको सात खेलबाट १९ अंक छ । यसअघि बूढानीलकण्ठलाई ३-१, कोशी, सुदूरपश्चिम, एपिएफ र पुलिसलाई समान ३-० को सेटमा हराएको हेल्प नेपाल गण्डकीसँग ३-२ को सेटमा पराजित भएको थियो ।

लगातार तेस्रो पराजयसँगै सात खेलबाट १२अंक जोडेको आर्मीको फाइलन सम्भावना समाप्त भएको छ । यसअघि बूढानीलकण्ठ, कोशी, एपिएफ र सुदूरपश्चिमलाई समान ३-० को सेटमा हराएको आर्मी पुलिस र गण्डकीसँग समान ३-१ को सेटमा पराजित भएको थियो ।

पुरुषतर्फ शुक्रबार नै सम्पन्न खेलमा बूढानीलकण्ठले कोशी प्रदेशलाई ३-२ तथा एपिएफले सुदूरपश्चिमलाई ३-० को सेटमा पराजित गरे ।

यसैगरी शुक्रबार नै सम्पन्न महिलातर्फका खेलमा एभरेस्टले पुलिसलाई ३-१ तथा एपिएफले आर्मीलाई ३-० को सेटमा हराए ।

 

 


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas