काठमाडौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एभरेस्ट भलिबल क्लबले आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार एभरेस्टले विभागीय टोली नेपाल एपिएफ क्लबविरुद्ध ३-२ सेटको पुनारगमन जित निकाल्यो ।
सुरुआती दुई सेट २३-२५, १३-२५ ले गुमाएको एभरेस्टले त्यसपछिका तीन सेट २५-१७, २५-२२, १५-८ ले आफ्नो पक्षमा पार्यो ।
चौथो जितसँगै एभरेस्टले चार खेलमा ११ अंक जोडेको छ । यसअघि एभरेस्टले कर्णाली,आर्मी न्यु डायमन्डलाई समान ३-० को सेझो सेटमा पराजित गरेको थियो ।
पराजित एपिएफको चार खेलमा पाँच अंक छ । यसअघि न्यु डायमन्डलाई ३-२ र कर्णालीलाई ३-० को सेटमा पराजित गरेको एपिएफले पुलिससँगको खेल ३-० ले गुमाएको थियो ।
यसैगरी बिहीबार नै सम्पन्न पहिलो खेलमा न्यु डायमन्डले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
न्यु डायमन्डले खेल २५-११, २५-१६, २५-२२ ले आफ्नो पक्षमा पार्यो ।
पहिलो जित निकालेको न्यु डायमन्डको पाँच खेलमा चार अंक छ । यसअघि न्यु डायमन्डले एपिएफ ३ २, एभरेस्टसँग ३० तथापुलिस र आर्मीसँग समान ३(१ सेटको हार ब्यहोरेको थियो ।
पाँचौं खेलमा पराजित कर्णाली अंकविहिन छ । यसअघि कर्णालीले एभरेस्ट, एपिएफ, आर्मी र पुलिससँगको खेल समान ३(० सेटमा गुमाएको थियो ।