काठमाडौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आर्मीले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
एकतर्फी खेल आर्मीले २५-१३, २५-८, २५-७ ले आफ्नो पक्षमा पार्यो ।
पहिलो जित दर्ता गरेको आर्मीले तीन खेलमा चार अंक जोडेको छ । यसअघि आर्मी पुलिससँग ३-२ र एभरेस्टसँग ३-० को सेटमा पराजित भएको थियो ।
तीनै खेलमा पराजित कर्णाली अंकविहिन छ । यसअघि कर्णालीले एभरेस्ट र एपिएफसँग समान ३-० को हार ब्यहोरेको थियो ।
यसैगरी विभागीय डर्बीमा पुलिसले नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
पुलिसले खेल २५-२१, २५-१७, ३०-२८ ले आफ्नो पक्षमा पार्यो ।
लगातार तेस्रो जितसँगै पुलिसले तीन खेलमा आठ अंक जोडेको छ । यसअघि पुलिसले अर्मीलाई ३-२ तथा न्यु डामन्डलाई ३-१ को सेटमा हराएको थियो ।
यता पहिलो पराजय ब्यहोरेको एपिएफले तीन खेलमा चार अंक जोडेको छ । यसअघि एपिएफले न्यु डायमन्डलाई ३-२ र कर्णालीलाई ३-० को सेटमा पराजित गरेको थियो ।
महितार्फ मंगलबार नै समपन्न खेलमा एभरेस्ट भलिबल क्लब न्यु डायमन्डलाई ३ ० को सोझो सेटमा पराजित गर्यो ।
मंगलबार नै सम्पन्न पुरुषतर्फका खेलमा गण्डकीले बूढानीलकण्ठलाई ३-१ तथा पुलिसले कोशी, आर्मीले सुदूरपश्चिम र हेल्प नेपाले एपिएफलाई समान ३-० को सेटमा पराजित गरे ।