पुस १४, २०८२ मंगलबार | ११:०४:४२
एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी

राष्ट्रिय पुरुष भलिबल टोलीको बन्द प्रशिक्षण सुरु,चार खेलाडीको पुनरागमन

काठमाडौं । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि राष्ट्रिय पुरुष टोलीको पहिलो चरणको छनोटमा  चार खेलाडीले पुनरागमन गर्दा एक नयाँ खेलाडीले समेत स्थान बनाएका छन् ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको छनोटमा एनभिए क्लब च्याम्पियनसिप खेलेका ३३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

बन्द प्रशिक्षणमा  पुरुष टोलीका डच प्रशिक्षक हान एबिङको नेतृत्वमा उत्कृष्ट २० खेलाडी छनोट भएका हुन् ।

२० मध्ये  चार खेलाडीले पुनरागमन गर्दा एक नयाँ खेलाडीले समेत स्थान बनाएका  हुन् ।

जसमध्ये मानबहादुर श्रेष्ठ, दिलबहादुर सुनवार, भैरव बम र झमनसिंह दर्जीले  राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । धिरज बस्नेतले भने पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् ।

टोलीको बन्द प्रशिक्षण आजैबाट सुरु भइसकेको छ । पुरुष टोलीको प्रशिक्षण बिहान  १० बजे हुनेछ ।

प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म संचालन हुनेछ ।

बन्द प्रशिक्षणमा लागि छनोट भएका २० खेलाडी
इम रानामगर, हरि थापा,दुर्गा महतो मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, धिरज बस्नेत, राजेन्द्र विष्ट,टेकराज अवस्थी, विजय थापा,दिलबहादुर सुनवार,हरि अधिकारी,दुर्गाबहादुर खड्का, भैरव बम, दिपकराज जोशी,विशाल विक, शरण समारी श्रेत्री, रविन चन्द, झमनसिंह दर्जी, विनोद चन्द र इश्वर थापा


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I