चैत्र १६, २०८२ सोमबार | १५:२२:११
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

राष्ट्रिय पुरुष भलिबल टोलीको बन्द प्रशिक्षण सुरु,चार खेलाडीको पुनरागमन

काठमाडौं । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि राष्ट्रिय पुरुष टोलीको पहिलो चरणको छनोटमा  चार खेलाडीले पुनरागमन गर्दा एक नयाँ खेलाडीले समेत स्थान बनाएका छन् ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको छनोटमा एनभिए क्लब च्याम्पियनसिप खेलेका ३३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

बन्द प्रशिक्षणमा  पुरुष टोलीका डच प्रशिक्षक हान एबिङको नेतृत्वमा उत्कृष्ट २० खेलाडी छनोट भएका हुन् ।

२० मध्ये  चार खेलाडीले पुनरागमन गर्दा एक नयाँ खेलाडीले समेत स्थान बनाएका  हुन् ।

जसमध्ये मानबहादुर श्रेष्ठ, दिलबहादुर सुनवार, भैरव बम र झमनसिंह दर्जीले  राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । धिरज बस्नेतले भने पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् ।

टोलीको बन्द प्रशिक्षण आजैबाट सुरु भइसकेको छ । पुरुष टोलीको प्रशिक्षण बिहान  १० बजे हुनेछ ।

प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म संचालन हुनेछ ।

बन्द प्रशिक्षणमा लागि छनोट भएका २० खेलाडी
इम रानामगर, हरि थापा,दुर्गा महतो मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, धिरज बस्नेत, राजेन्द्र विष्ट,टेकराज अवस्थी, विजय थापा,दिलबहादुर सुनवार,हरि अधिकारी,दुर्गाबहादुर खड्का, भैरव बम, दिपकराज जोशी,विशाल विक, शरण समारी श्रेत्री, रविन चन्द, झमनसिंह दर्जी, विनोद चन्द र इश्वर थापा


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो