माघ १४, २०८२ बुधबार | २२:५४:५०
एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी

१९औं एसियाली खेलकुदः पुरुष भलिबलमा बहराइनको सामना गर्दै नेपाल

 काठमाडौं । १९औं एसियाली खेलकुदको पुरुष भलिबलमा नेपालले मंगलबार बहराइनलको सामना गर्दैछ । समूह ‘बी’ अन्तर्गतको खेल स्थानिय समयअनुसार दिउँसो २ः३० बजे सुरु हुनेछ ।

एसियाली खेलकुदको उद्घाटन सेप्टेम्बर २३ मा हुने भए पनि भलिबल, फुटबल र क्रिकेट खेल मंगलबारदेखि नै सुरु हुँदैछ । यस्तै समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले सेप्टेम्बर २० मा एसियन पावर हाउस इरानको सामना गर्नेछ ।

पुरुष भलिबलको सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ । समूहको शीर्ष दुईमा रहन सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ । यदी समूह चरणबाट बाहिरिए नेपालले अन्य खेल खेल्न पाउने छैन ।

यस पटक पुरुष भलिबलमा समूह चरणबाट बाहिरिने टोलीले वरियताका लागि खेल खेल्न पाउने छैन ।

नेपालको महिला भलिबल टोलीले भने एसियाली खेलकुदमा डेब्यु गर्दैछ । सेप्टेम्बर ३० देखि अक्टोबर ८ सम्म हुने  स्पार्धाकाे समूह चरणमा नेपालले दक्षिण कोरिया र भियतनामसँग खेल्नेछ ।

सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियाली खेलकुदमा नेपालबाट २९ खेलका २ सय ५३ खेलाडी सहभागी हुँदैछन् । एसियाली इतिहासमा यस पटक नेपालले सबैभन्दा धेरै खेलाडी पठाउन लागेको हो ।

१९औं एसियाली खेलकुदमा ४५ देशबाट करिब साढे १२ हजार खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली पुरुष भलिबल टाेलीः 

मानबहादुर श्रेष्ठ (कप्तान), विशालबहादुर विक, टेकराज अवस्थी, दुर्गाबहादुर खड्का, रविन चन्द, लोकेन्द्रराज गिरी, विनोद चन्द,  हेमन्तबहादुर मल्ल, सफल विक, मनिष मानन्धर, धिरोजकाजी बस्नेत, सम्राट भण्डारी

मुख्य प्रशिक्षकः हान अबिङ, प्रशिक्षकः भरत यादव, व्यवस्थापकः रोशन श्रेष्ठ


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।