चैत्र ९, २०८२ सोमबार | १४:४२:३७
हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि

उचाइमा ठगिएका भलिबल खेलाडी

काठमाडौं, (खेलाडी)- सानो छँदा उनले टोलका ठूला दाईहरुबाट भलिबलको बारेमा सुन्नेवित्तिकै नवीन महतोलाई आफू पनि खेलाडी बन्ने मोह जागेको थियो । 

राष्ट्रिय टिम त परै जाओस राष्ट्रिय स्तरका क्लब तथा खेलाडीसम्म पनि उनको पहुँच थिएन । राष्ट्रिय टिमको खेल हेर्ने एकमात्र विकल्प भनेको भर्चुअल पर्दा थियो । टेलिभिजन र युट्युबमा हेरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलबारे अपडेट हुनु नवीनजस्ता लाखौं किशोरहरुको बाध्यता थियो, छ । 

धेरैले भर्चुखल पर्दामा खेल हेरेर आफूलाई प्रशंसकको कोटीमा राखेरै चित्त बुझाउँछन् । तर नवीन त्यो कोटीमा अटाउन सकेनन् । युट्युबमा राष्ट्रिय टिमको खेल हेर्दै गर्दा उनमा अर्को मोह जाग्यो, उनीहरुसँगै खेल्ने । जसलाई चितवन मेघौलीका नवीनले जीवनको सबभन्दा महत्वपूर्ण लक्ष्य बनाए । 

पाँच फिट १० इन्ची उचाइका नवीनको त्यो लक्ष्य पूरा भइसकेको छ । नेपाली भलिबलमा उदीयमान स्टारका रुपमा उनले आफ्नो पहिचान स्थापित गरिसकेका छन् । तर भलिबल परिवारले उनलाई नवीन महतो भनेर चाँही चिन्दैन । मध्यम कदका फुर्तिला र हसिँला नवीनलाई भलिबल परिवारले मायाँका साथ पुतली नाम दिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार सम्पन्न राष्ट्रिय एनभिए क्लब च्याम्पियनसिपमा भलिबलका पुतली रुपन्देहीको टोली मणिमुकुन्द भलिबल क्लबबाट कोर्टमा उत्रिए । 

च्याम्पियनसिपमा उनको व्यक्तिगत प्रदर्शन राम्रै रहे पनि नवीनको टिम भने समूह चरणबाटै बाहिरियो । मणिमुकुन्दले तीन खेलबाट चार अंक जोडेको थियो । 

चितवन मेघौलीमा जन्मिएका नवीन परिवारका कान्छा सन्तान हुन् । 

परिवारको आयआर्जनको प्रमुख स्रोत नै खेती किसानी थियो । पहिला घरको काम सकेर, पढाईलाई पनि निरन्तरता दिँदा भ्याएको समयमा मात्र उनी भलिबल कोर्टतिर पुग्न सक्थे । 

सबै भ्याएर पाएको फुर्सतमा भलिबल कोर्ट पुग्दा आफूभन्दा ठूला दाईहरुले खेल हेर्ने, उनीहरुको कुरा सुन्ने र मनमनै आफू पनि एकदिन भलिबलमा राम्रो खेलाडी बनेको सपना देख्नु उनको वाल्यकालको कथा थियो ।

समयक्रमसँगै उनले पनि दाजुहरुसँग कोर्टमा उत्रिने मौका पाउन थाले । अभ्यासमा कोटा नपुग्दा कोर्टमा छिर्न पाए पनि प्रतियोगितामा भने उनको ठाउँ हुँदैनथ्यो । खेल्ने हथ्यौडी राम्रो नभएपछि टिममा पर्नु पनि कसरी । कथंकदाचित टिममा परिहाले पनि सेटमा पर्नु त वाल्यकालमा उनका लागि पूरा हुन नसकेको सपना थियो । 

तर त्यसले नवीनलाई निराश बनाएन । न त उनले त्यसलाई सामान्य रुपमा नै लिन सके । बरु उनमा त एकदिन म दाजुहरुभन्दा राम्रो खेलाडी भएर देखाउँछु भन्ने इख पो पलायो । त्यसको फल अहिले नवीन नेपाली भलिबलमा भविश्यको स्टारका रुपमा उदाएका छन् ।

गाउँको टिममा नपर्नुको इखले नवीनलाई प्रत्येक दिन बिहान र बेलुका दुई समय निरन्तर अभ्यास गर्ने उर्जा प्रदान गर्यो । 

तर उर्जाले मात्र रोटी सेकिन्न । अझ गाउँमा एउटा निम्न मध्यम बर्गको परिवारमा जन्मनुको पीडा झनै कष्टकर हुन्छ । सामान्य किसान परिवारमा १० सदस्य थिए । खाने मुख धेरै भएपछि समस्या पनि स्वभाविक रुपमा बढ्ने नै भयो । तथापि नवीनले सबैखाले समस्यालाई थाँती राख्दै भलिबल खेलाडी बन्ने सपना पूरा गर्नका लागि कुनै कसर बाँकी राखेनन् ।

अन्य बालसखाको जस्तै नवीनको परिवारमा पनि खेलप्रतिको भावना सकारात्मक थिएन । ‘खेलेर केही हुँदैन । धेरै पढ्नुपर्छ । ठूलो मान्छे बन्नुपर्छ । राम्ररी पढ्यो भनेमात्र जीवन सुखी हुन्छ । खेलकुदमा लागेर त दुःख पाउने मात्र हो’ घरमा अभिभावकबाट सधै यस्तै सुन्नुपथ्र्यो । तर नवीनलाई अभिभावकको लाख प्रयासले पनि भलिबलप्रति विकर्षण पैदा गराउन सकेन । 

प्रशिक्षक रमेश चन्द्र विक उनका पहिलो गुरु हुन् । उनकै प्रेरणा तथा दाईहरुको साथबाट खेल निखार्ने चुनौतीलाई स्वीकारे । हार कहिल्यै मानेनन् । जिल्लास्तरीय तथा विद्यालयस्तरीय धेरै प्रतियोगिताहरु खेले तर जितको अनुभव भने कहिल्यै गर्न पाएनन् । 

‘भलिबल खेल्न भनेपछि जहाँ पनि पुग्थें । तर कहिल्यै जित्न सकिएन । जहाँ गए पनि हार्नुपर्ने । हार्दा मन दुख्नु स्वभाविक थियो । तर त्यसले खेलाडी बन्ने मेरो मनोबललाई भने गिराउन सकेन । प्रत्येक पटक हारेपछि अर्को खेल जसरी पनि जित्नुपर्छ भन्ने जोशमा अभ्यास गथ्र्यौ,’ नवीनले सम्झिए । 

साझापुर उच्च माध्यमिक विद्यालयबाट कक्षा १२ सम्म पढेका छन् । उनले चितवन जिल्लाबाट प्रशिक्षण गर्ने क्रममा प्रशिक्षक उमा गुरुङबाट ‘पुतली’ उपनाम पाएका थिए । 

टिममा जम्न प्रयासरत नवीनको सपना अहिले पूरा भएको छ । उनले आजसम्म धेरै क्लब तथा ठाउँबाट प्रतियोगिता खेलेका छन् । जसमध्ये जम्का भेट, चुलो, चितवन जिल्ला, नवलपुर, पाल्पाली भलिबल क्लब, नवलपरासी, नयाँ बजार सामाजिक क्लब तथा गतवर्ष काठमाडौंमा भएको साराङ्गे छहारी कपको आयोजक टिमबाट पनि खेलिसकेका छन् । 

नेपाली भलिबलमा ‘हाई डिमान्डिङ प्लेयर’को छवि बनाइसकेका नवीनले खेलसँगै पढाई अगाडि बढाइरहेका छन् । आर्थिक रुपले परिवारमा पनि उनको योगदान हुन थालिसक्यो । त्यसैले त पहिला खेल्नमा रोक लगाउने परिवार अहिले उनको करियरमा सहयोगी बनिरहेको छ । युट्युबमा नवीनको खेल र उनको चर्चा देख्दा परिवार गौरवान्वित हुने गरेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो