फाल्गुन १३, २०८२ बुधबार | १०:०५:०९
नेपाल र हङकङबीचको खेल दशरथ रंगशालामा जय ट्रफीको दोस्रो राउण्ड समाप्त पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम १६ मा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार नेपाल र हङकङबीचको खेल दशरथ रंगशालामा जय ट्रफीको दोस्रो राउण्ड समाप्त पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा एट्लेटिको च्याम्पियन्स लिगको अन्तिम १६ मा केभीकेएसएस र तेजस्वी सेमिफाइनलमा बुदोकैदो टोली रुस जाने फ्रेन्ड्स र चित्लाङले अंक बाँडे बागमती र आर्मी फेरी बराबरी रोकिए एन्फा महिला लिग चैत ४ बाट विभिन्न संघ-संस्थाहरु सावित्राको उपचार निःशुल्क गरिदिन तयार

भलिबलमा करियर खोज्दै किशोरी दिदीबहिनी 

काठमाडौं, (खेलाडी)- घरबाट स्कुल टाढा थियो, जाँदा आउँदा नै घण्टौं समय बित्ने । स्कुलमा अरुले खेलेको देख्दा कार्की दिदीबहिनीलाई पनि हात सक्सकाउँथ्यो । कहिलेकाँही स्कुल स्तरका प्रतियोगिता हुँदा त झनै भलिबल मोह उत्कर्षमा पुर्‍याउथ्यो । तर, आफूले खेल्न पाए पो !

नेपालको राष्ट्रिय खेल भलिबल सहरको तुलनामा गाउँमा बढि लोकप्रिय छ । सानो ठाउँमा पनि सहजै खेल्न मिल्ने, थोरै मान्छे भए पनि पुग्ने अनि अन्य खेलको तुलनामा कम खर्चिलो भएकाले भौगोलिक रुपमा विकट र आर्थिक रुपमा विपन्न ठाउँमा पनि भलिबल उपयुक्त बन्न सक्छ । यही कारण हो २०७२ सालमा नेपाल सरकारद्धारा भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको । 

पहाडी क्षेत्रमा देशभर नै लोकप्रिय भलिबलको रामेछापमा पनि त्यतिकै क्रेज छ । त्यसैले त हो कार्की दिदीबहिनी मेनुका र प्रेरणालाई यो खेलले यतिबिघ्न मोहित पारेको । 

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा छैटौं राष्ट्रिय एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा भर्खरै सम्पन्न भएको छ । विभिन्न ठाउँबाट महिला र पुरुष गरी २० टोलीको सहभागिता रहेको प्रतियोगितामा मेनुका र प्रेरणाले पनि सहभागिताको मौका पाए । मेनुकाले कोर्टमै उत्रिएर उच्चस्तरीय प्रतियोगिताको अनुभव संगालिन । प्रेरणाले भने टिमसँग नजिक रहेर । 

गाउँमा हुँदा पलाएको भलिबल खेल्ने धोको काठमाडौं आएर उनीहरुले पूरा गर्न थालेका थिए । सपनाको पहिलो खुट्किलो जसरी ढोरपाटन स्पोर्टस क्लब कार्की दिदीबहिनीको लागि उपलब्ध भयो ।

नेपाली भलिबलमा ढोरपाटन स्पोर्टस क्लबको एउटा विशेष छवि छ । विगतमा लामो समय नेपाल भलिबल संघ पूर्ण रुपमा निस्कृय हुँदा आफै प्रतियोगिता आयोजना गरेर खेललाई जीवित राख्न योगदान गरेको श्रेय ढोरपाटनलाई जान्छ । यसैगरी गाउँगाउँबाट सम्भावना बोकेका खेलाडी पहिचान गरेर तिनलाई उचित प्रशिक्षण प्रदान गर्दै स्टारका रुपमा स्थापित गर्ने काममा पनि ढोरपाटनले नाम कमाएको छ ।

यही क्रममा ढोरपाटनको स्काउटिङ (प्रतिभा खोज अभियान)मा फेला परेका थिए, मेनुका र प्रेरणा । भलिबलबाट पहिचान खोज्दै गरेका यी दिदीबहिनीलाई उनीहरुको उचाईबाट लोभिएर क्लबले अनुबन्ध गरेको थियो । 

वर्षले भर्खर १६ लागेकी मेनुकाको उचाई पाँच फिट ११ इन्च छ । उनीभन्दा दुई वर्ष कान्छी बहिनी प्रेरणा भने पाँच फिट आठ इन्चकी छिन् । नेपाली भलिबलमा सबभन्दा ठूलो समस्या भनेकै खेलाडीको होचो कद भएको ढोरपाटनका संस्थापक अध्यक्ष एवं संघका सचिव मनवीर छन्त्याललाई राम्ररी थाहा थियो । यस्तोमा आफूभन्दा अग्ला दुई किशोरी भलिबल खेल्न चाहन्छन् भन्ने थाहा पाएपछि उनलाई के चाहियो, तुरुन्तै क्लबको प्रशिक्षण क्याम्पमा भर्ना गरिहाले ।

‘नानीहरुको उचाई धेरै राम्रो छ । अझै बढ्ने उमेर छ । भलिबलमा चाहिने नै यस्तै अग्ला खेलाडी हो । उनीहरु दुवै जना भलिबल भनेपछि मरिहत्तै गर्ने छन् । त्यसैले नानीहरुको भविश्य राम्रो छ । कुनै दिन उनीहरु नेपाली भलिबलको स्टार खेलाडी बन्नेछन्,’ छन्त्याल भन्छन् ।

मेनुका र प्रेरणाले राष्ट्रिय खेलाडी बन्ने सपना बोकेका छन् । त्यही सपना पूरा गर्न उनीहरु रामेछापको बाम्ती भण्डारबाट काठमाडौं आएका हुन् । जुन मेहनत गरे सहजै पूरा हुने देख्छन्, छन्त्याल । भन्छन्, ‘उनीहरुमा भलिबलको सेन्स एकदम राम्रो छ । भलिबलप्रति लगाब छ, खेलको सेन्स राम्रो छ र उचाई पनि राम्रो छ । यति भएपछि राम्रो प्रशिक्षण र मेहनत गरे उनीहरु सजिलैसँग राष्ट्रिय टिममा पुग्न सक्छन् ।’ 

दिदी मेनुका हाल एन्जल सार्क कलेजमा कक्षा ११ मा अध्ययनरत छिन् । बहिनी प्रेरणा चाँही कक्षा १० मा पढ्छिन् ।

‘सानैदेखि भलिबल इच्छा हुँदाहुँदै समय र परिस्थितीले गर्दा मौका भने कहिल्यै पाइएन । गाउँमा भलिबल कोही खेल्दैनथ्यो । स्कुलमा भलिबल खुबै हुन्थ्यो । तर हाम्रो घरबाट टाढा भएकाले जाँदाआउँदा नै समय बित्ने । हामीले स्कुलमा पनि खेल्न पाएनौं,’ मेनुका भन्छिन्, ‘अहिले सपना पूरा गर्ने एउटा चरणमा छौं । भलिबल खेल्न पाउँदा सबभन्दा प्यारो चिज पाएजस्तो लागिरहेछ । तर राष्ट्रिय टोलीमा पर्ने मुख्य सपना पूरा गर्न अझै बाँकी छ । त्यसका लागि धेरै मेहनत गर्न बाँकी छ ।’

राष्ट्रिय एनभिए क्लब च्याम्पियनसिपमा मेनुकाले खेल्ने मौका पाए पनि खासै जम्न सकिनन् । पहिलो प्रयास जो थियो । बहिनी प्रेरणाले भने कोर्ट उत्रिने अवसर पनि पाइनन् । तर उनीहरु निराश छैनन् । यो त प्रतिस्पर्धात्मक भलिबलमा पहिलो खुट्किलो थियो । यसमा राम्रो प्रदर्शन र अवसर नपाए पनि दुवैले अनुभव भने धेरै पाएका छन् । 

’रामेछापको एउटा स्कुल स्तरीय प्रतियोगिता सञ्चालन गर्न पुगेका राष्ट्रिय रेफ्री तथा ढोरपाटन स्पोर्टस क्लबका सदस्य खुम गाउँले र लोकेन्द्र छन्त्यालको आँखामा परेपछि मेनुका र प्रेरणाको भलिबल करियरले साचो अर्थमा बाटो समातेको थियो । तर उनीहरुले कार्की दिदीबहिनीलाई खेल्दै गरेको अवस्थामा कोर्टमा देखेका होइनन् । खेल्न पाए पो कोर्टमा देख्नु ! गाउँले र छन्त्यालले बाटोमा हिड्दै गरेका दुई अग्ला वालिका देखेपछि ‘यिनीहरुलाई भलिबल खेलाउन पाए’ भन्ने सोचेका थिए ।

सानै उमेरका नानीहरुमा भलिबल खेलप्रतिको अपार मोह र उच्च कद देखेपछि लोभिएका गाउँले र छन्त्यालले तुरुन्तै यी दिदीबहिनीलाई काठमाडौं ल्याएर आधुनिक प्रशिक्षण दिने निर्णय गरेका थिए । त्यसपछि उनले कार्की परिवारलाई मनाएर मेनुका र प्रेरणालाई काठमाडौं ल्याए । क्लबका अध्यक्ष मनवीर छन्त्यालले तत्कालै कार्की दिदीबहिनीलाई निशुल्क प्रशिक्षण गराउने निर्णय गरे ।

‘साना नानीहरुको ठूलो उचाई देखेर ल्याएका हौं । भलिबलमा उचाईको धेरै महत्व हुन्छ । मेनुका र प्रेरणाको उमेर पनि सानो नै छ । पछि उनीहरुले राम्रो गरेर राष्ट्रिय टिमको प्रतिनिधित्व गर्छन् कि भन्ने आशा छ,’ खुमले भने । 

ढिलै भए पनि उच्च स्तरीय भलिबलमा पहिलो पाइला राखेकी मेनुकामा खुशीको सीमा छैन । उशा भण्डारीलाई आदर्श मान्ने र उनीजस्तै हुने लक्ष्य लिएकी मेनुका भन्छिन्, ‘सपनाको एउटा चरणमा छु । यो अवसरले मभित्र बेग्लै खालको उर्जा पलाएको छ । चाँडै नै राष्ट्रिय भलिबलमा स्थापित हुन्छु । केही वर्षभित्र देशकै उत्कृष्ट खेलाडीको सुचीमा आफूलाई पनि पारेर छोड्छु ।’


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||