पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय भलिबल

सुदूरपश्चिमलाई हराउँदै एपिएफ सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको लिगको अन्तिम खेलमा एपिएफले बिहिबार सुदूरपश्चिम प्रदेशलाई २३-२५, २५-१८, २५-१२ र २५-२१ ले पराजित गरेको हो ।  

एपिएफको यो जितसँग प्रतियोगिताको सेमिफाइनल समिकण पूरा भएको छ । प्रतियोगितामा एपिएफसहित, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले सेमिफाइनलमा स्थान बनाएका छन् ।

पहिलो सेमिफाइनलमा एपिएएफ र आर्मी तथा दोश्रो सेमिफाइनलमा पुलिस र गण्डकी प्रतिस्पर्धा गर्नेछन् । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।