काठमाडौं । जेटीआइ जुनियर टेनिस प्रतियोगिताको यु-८ सिंगल्समा ब्वाइजतर्फ कायन चालिसे र गर्ल्सतर्फ अमिरा गुप्ता च्याम्पियन बनेका छन् ।
प्रतियोगिताको ब्वाइज फाइनलमा आइतबार कायनले शुभम श्रेष्ठलाई १०-६, १०-५ को सोझो सेटमा पराजित गरे ।
गर्ल्सको उपाधि भिडन्तमा अमिराले निम्ति कुँवरलाई १०-१२, १०-४, १०-५ को सेटमा हराइन् ।
बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगितामा यु-९ गर्ल्स सिंगल्सको फाइनलमा पनि अमिरा र निम्ति नै प्रतिस्पर्धा गर्ने भएका छन् ।
सेमिफाइनलमा अमिराले समृद्धि खत्रीलाई ४-०, ०-४, ७-२ तथा निम्तिले रजिशा जोशीलाई ४-१, ४-२ पराजित गरे ।
यु-१० ब्वाइज सिंगल्समा सभ्यजंग कार्की, साहन्स बस्न्यात, अविर केडिया र भिरल अग्रवालले सेमिफाइनलमा स्थान सुरक्षित गरे । यो स्पर्धाको गर्ल्समा सरा पन्त, तभिसी राणा, सुहानी जजोडिया र नाइरा घलेले अन्तिम चारको यात्रा तय गरे ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको यु-१४ ब्वाइज सिंगल्समा वृजेश अर्याल, विश्व डल्लाकोटी, असभसम्राट हाडा र साङगे रोकायाले सेमिफाइनलमा स्थान पक्का गरे । उक्त स्पर्धाको गर्ल्समा स्वस्तिका विष्ट, आयुशा जोशी, कर्मिस्था श्रेष्ठ र शिभाली गुरुङ सेमिफाइनलमा पुगे ।
यु-१२ ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी, आरित मल्ल, सुजन कुइकेल र भेदान्त चालिसे सेमिफाइनलमा पुगे । उक्त स्पर्धाको गर्ल्समा आयुशा जिसी, स्वरा थापा, सरा पन्त र अनुश्री ध्वजुले सेमिफाइनल यात्रा तय गरे ।
यु-९ ब्वाइज सिंगल्समा अहान केडिया, भिरल अग्रवाल, कायन चालिसे र सहान्श बस्न्यात सेमिफाइनल पुगे ।