माघ १९, २०८२ सोमबार | ०४:००:३३
वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’

आधारभुत पौडी प्रशिक्षक तालिम सम्पन्न

तालिममा सहभागीलगायत ।

काठमाडौं । नेपाल पौडी संघको आयोजमा चार दिने आधारभूत पौडी प्रशिक्षक तालिम शनिबार सम्पन्न भएको छ ।

समापन समारोहमा पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कंग्रेसका केन्द्रिय सदस्य महोनबादुर बस्नेत प्रुख अतिथिका रूपमा थिए ।

प्रमुख अतिथि बस्नेतले देशको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर तालिमको आयोजना गरेकोमा पौडी संघको प्रशंसा गरे । ‘अहिले देशको परिस्थिति जुन छ , त्यसलाई ध्यान दिएर पौडी संघले यो तालिम आयोजना गरेकोमा धन्यवाद दिन चाहन्छु, ’ उनले भने ।

प्रमुख अतिथि बस्नेतले पौडी संघको नव निर्वाचित टिमलाई उत्कृष्ट काम गरेर अगाडि बढ्न सुझाव दिँदै आफ्नो ठाउँबाट संघलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

आयोजक संघका अध्यक्ष जगतमान श्रेष्ठले नेपालमा पछिल्लो समय पौडी प्रशिक्षकको धैरै माग रहेको बताए । यसैगरी अध्यक्ष श्रेष्ठले मापदण्ड पूरा नगरी पौडी पोखरी निर्माण गर्दा दुर्घटना बढिरहेको प्रतिक्रिया दिए ।

संघका महासचिव तथा तालिमको मुख्य प्रशिक्षक ईश्वरमान कार्कीले स्वस्थ रहन पौडी आवश्यक रहेको बताए । उनले भने ‘मान्छेहरु स्वस्थ रहन व्यायाम गर्छन्, विभिन्न खेल खेल्छन् । अरु खेल खेल्दा हातखुट्टा भाँच्ने, चोटपटक लाग्ने गर्छ । तर, पौडी जानिसकेपछि त्यस्तो हुँदैन । ’

सातदोबाटेस्थित पौडी पोखरीमा मंगलबारदेखि सञ्चालन भएको  तालिममा २५ जनाको सहभागी रहेको संघका सचिव गंगालाल गोलेले जानकारी दिए । 

तालिममा सहभागीलाई प्रमुख अतिथि बस्नेतले प्रमाण पत्र वितरण गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।