चैत्र १४, २०८२ शनिबार | १६:४५:४४
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

ज्ञान निकेतन, रिलायन्स र ग्रिन लन्स च्याम्पियन

प्रतियोगिताका विजेता लगायत ।

काठमाडौं ।  ज्ञान निकेतन, रिलायन्स रेसिडेन्सियल र ग्रिन लन्सले हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । बुधबार सम्पन्न प्रतियोगितामा ज्ञान निकेतन सिनियर ब्वाइज, रिलायन्स सिनियर गर्ल्स र ग्रिन लन्स जुनियर ब्वाइजमा च्याम्पियन बने ।

पिङलास्थानस्थित आयोजक हिमाली बोर्डिङ स्कुलको कोर्टमा भएको फाइनलमा ज्ञान निकेतनले विल्सन एकेडेमीलाई ७२-६१ ले पराजित गर्यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले २१ अंक जोडे ।

रिलायन्सले हिमालीलाई ४४-३५ ले हरायो । रिलायन्सकी एलिशा तामाङले १६ स्कोर गरिन् । यस्तै ग्रिन लन्सले सम्भावीमाथि ४०-२५ ले निरास बनायो । ग्रिन लन्सका देव देउलाले २२ अंक बटुले ।

सिनियर ब्वाइजमा ज्ञान निकेतनका दिप्सन अधिकारी, सिनियर गर्ल्समा रिलायन्सकी एलिशा र जुनियर ब्वाइजमा ग्रिन लन्सका देव ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । 

यसैगरी सिनियर ब्वाइजमा केयर इङ्लिस, सिनियर गर्ल्समा क्यान्भास र जुनियर ब्वाइजमा इस्टपोल अनुशासित टिम बने ।

विजेतालाई संघीय सांसद कान्तिका सेजुवाल, हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्याय, हिमालीका चेयरम्यान जगदीश्वर बराल र को-ओर्डिनेटर कल्पना बोहरा, हेम्सका प्रिन्सिपल एसके गौतमलगायतले  पुरस्कृत गरे । सिनियर ब्वाइजमा १४ तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान ८ टिम सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो