चैत्र ३, २०८२ मंगलबार | २०:०२:००
पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर

मेयर कपको सेमिफाइनल समीकरण पूरा

नेपालगन्ज । मेयर कप अन्तर विद्यालय छात्र छात्रा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

बिहिबार हुने छात्रतर्फको सेमिफाइनलमा मोर्डन पब्लिक स्कुलले होप इन्टरोसनल र युनाइटेड एजुकेसन स्कुलले ग्रिनपिस माविको सामान गर्नेछन् । 

नेपालगन्ज रंगशालामा बुधबार सम्पन्न क्वार्टरफाइनलमा मोर्डन पब्लिकले मनकामना स्कुल नेपालगन्जलाई ५-० ले पराजित गर्यो । मोर्डन पब्लिकका लागि कविर विष्ट र सुशान्त थापाले समान दुई र प्रकाश बुढाथोकीले एक गोल गरे ।

खेलको सातौं मिनेटमा प्रकाशको गोलमार्फत मोडर्न पब्लिकले अग्रता लिएको थियो । १३औं मिनेटमा कविरले टोलीको अग्रता दोब्बर बनाए । 

सुशान्तले २५ र ५०औं मिनेटमा गोल गर्दा मोर्डन पब्लिकको अग्रता ४-० मा पुग्यो । ५८औं मिनेटमा कविरले व्यक्तिगत दोस्रो गोल गर्दै  टोलीलाई सानदार जित दिलाए  । 

अर्को स्कुल नेपालगन्जले धम्बोझी मावि नेपालगन्जलाई पेनाल्टी सुटआउटमा ४–३ ले निरास बनायो । निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएको थियो । 

पेनाल्टी सुटआउटमा युनाइटेडका लागि प्रदीप बुढाक्षेत्री, अविशेष रेग्मी, तिलक ऐरी र निक्सन सुनारले गोल गरे । धम्बोझीका  लागि समीर मगर, तुफान शाही र राज सोनमले गोल गरे ।

यसैगरी बिहीबारै हुने छात्रातर्फको सेमिफाइनलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले साबिक विजेता नेपालगन्ज मोडेल एकेडेमी तथा युनाइटेड एजुकेसन स्कुलले र आदर्श मावि नेपालगन्जको सामना गर्नेछन् ।  

बुधबार सम्पन्न क्वार्टरफाइनलमा सेन्ट जेभियरले धम्बोझी माविलाई ३-० तथा युनाइटेडले मनकामना स्कुललाई ७-० ले पराजित गरे ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्रतर्फ २१ र छात्रातर्फ ६ टिमको सहभागिता थियो । प्रतियोगिताको फाइनल फागुन ३ गते हुनेछ । 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH