चैत्र १२, २०८२ बिहीबार | २१:०२:०५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा

ललितपुर । अमरकान्ति मावि, साबिक विजेता बुद्ध मावि, सांग्रीला इन्टरनेसनल स्कुल र एभेरेस्ट इङ्लिस स्कुल दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।  

ढोलाहिटीस्थित विनायक स्पोर्टस कम्प्लेक्समा मंगलबारबाट सुरु भएको प्रतियोगितामा अमरकान्तिले दोहोरो जित निकाल्दै समूह ‘सी’ बाट अन्तिम आठमा स्थान बनायो । अमरकान्तिले बज्र एकेडेमीलाई २-० ले तथा बालअंकुरलाई २-१ ले निरास बनायो ।

बज्र एकेडेमी दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबारको अन्तिम खेलमा रिदभान स्कुल र बालअंकुर माविले २-२ को बराबरी खेल्दै क्बार्टरफाइनलको संभावना कायमै राखेका छन् ।

समूह ‘डी’ बाट अगाडि बढेकाे बाँडेगाउँको बुद्ध माविले गंगा जमुना स्कुललाई १-० ले तथा भिमसेन स्कुललाई २-१ हरायो । लिटिल स्टार भने लगातार दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

५ वटा विद्यालय रहेको समूह ‘बी’ मा सांग्रीला स्कुल लगातार दुई खेल जित्दै अन्तिम आठमा स्थान पक्का गरेको छ । सांग्रिलाले टीकाभैरवको बुद्ध माविलाई ४-१ तथा  सरस्वती माविलाई ३-० ले हरायो ।

यही समूहको अन्य खेलमा वशिष्ठ माविले नेवा स्कुललाई हराउँदा बुद्धले वशिष्ठविरुद्ध जित निकाल्यो । यसैगरी नेवा स्कुल र सरस्वती स्कुलले ३-३ को बराबरी खेलेका छन् ।

समूह ‘ए’ बाट एभेरेस्टले क्वार्टरफाइनलमा स्थान बनायो । एभरेस्टले इन्द्रेणी स्कुल र सूर्य शिक्षा सदनलाई हराएको हो ।

इन्द्रेणीले  टीकाभैरव बोर्डिङ स्कुलसँग बराबरी खेल्दा टीकाभैरपले सूर्य शिक्षालाई पराजित गर्यो ।

दुवै खेलमा हार बेहोरर्दै सूर्य शिक्षा सदन प्रतियोगिताबाट बाहिरिएको छ । इन्द्रेणी र टीकाभैरवको अर्को चरणमा जाने संभावना कायमै छ ।

नगरपालिकाभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिलवालले गरे ।

बुधबार समूह चरणका बाँकी र क्वार्टरफाइनलका खेल हुनेछन् ।

प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, गोलकिपर, सर्वाधिक गोलकर्ता, र उदयीमान खेलाडीले जनही ५ हजार पाउने छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो