माघ १८, २०८२ आइतबार | १३:०४:३९
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा

ललितपुर । अमरकान्ति मावि, साबिक विजेता बुद्ध मावि, सांग्रीला इन्टरनेसनल स्कुल र एभेरेस्ट इङ्लिस स्कुल दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।  

ढोलाहिटीस्थित विनायक स्पोर्टस कम्प्लेक्समा मंगलबारबाट सुरु भएको प्रतियोगितामा अमरकान्तिले दोहोरो जित निकाल्दै समूह ‘सी’ बाट अन्तिम आठमा स्थान बनायो । अमरकान्तिले बज्र एकेडेमीलाई २-० ले तथा बालअंकुरलाई २-१ ले निरास बनायो ।

बज्र एकेडेमी दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबारको अन्तिम खेलमा रिदभान स्कुल र बालअंकुर माविले २-२ को बराबरी खेल्दै क्बार्टरफाइनलको संभावना कायमै राखेका छन् ।

समूह ‘डी’ बाट अगाडि बढेकाे बाँडेगाउँको बुद्ध माविले गंगा जमुना स्कुललाई १-० ले तथा भिमसेन स्कुललाई २-१ हरायो । लिटिल स्टार भने लगातार दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

५ वटा विद्यालय रहेको समूह ‘बी’ मा सांग्रीला स्कुल लगातार दुई खेल जित्दै अन्तिम आठमा स्थान पक्का गरेको छ । सांग्रिलाले टीकाभैरवको बुद्ध माविलाई ४-१ तथा  सरस्वती माविलाई ३-० ले हरायो ।

यही समूहको अन्य खेलमा वशिष्ठ माविले नेवा स्कुललाई हराउँदा बुद्धले वशिष्ठविरुद्ध जित निकाल्यो । यसैगरी नेवा स्कुल र सरस्वती स्कुलले ३-३ को बराबरी खेलेका छन् ।

समूह ‘ए’ बाट एभेरेस्टले क्वार्टरफाइनलमा स्थान बनायो । एभरेस्टले इन्द्रेणी स्कुल र सूर्य शिक्षा सदनलाई हराएको हो ।

इन्द्रेणीले  टीकाभैरव बोर्डिङ स्कुलसँग बराबरी खेल्दा टीकाभैरपले सूर्य शिक्षालाई पराजित गर्यो ।

दुवै खेलमा हार बेहोरर्दै सूर्य शिक्षा सदन प्रतियोगिताबाट बाहिरिएको छ । इन्द्रेणी र टीकाभैरवको अर्को चरणमा जाने संभावना कायमै छ ।

नगरपालिकाभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिलवालले गरे ।

बुधबार समूह चरणका बाँकी र क्वार्टरफाइनलका खेल हुनेछन् ।

प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, गोलकिपर, सर्वाधिक गोलकर्ता, र उदयीमान खेलाडीले जनही ५ हजार पाउने छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।