असार २०, २०८२ शुक्रबार | ०७:४३:३८
स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने एएफसी महिला च्याम्पियन्स लिगः एपिएफ प्रारम्भिक चरणको समूह ‘बी’ मा एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा जनकपुरले गर्यो अनिल र ललितसहित ६ खेलाडी रिटेन यु-२३ राष्ट्रिय टोलीको छनोटका लागि ८९ खेलाडीलाई बोलाइयो एन्फा यु-१६ युथ लिगको तयारी पूरा, विजेताले १ लाख रुपैयाँ पाउने रहेनन् पोर्चुगिज फरवार्ड जोटा उपाधिका लागि नेपालले सिंगापुरको सामना गर्ने एएफसी महिला च्याम्पियन्स लिगः एपिएफ प्रारम्भिक चरणको समूह ‘बी’ मा एन्फा महासचिवविरुद्धको मुद्धामा दाबी नपुग्ने ठहर

भारोत्तोलनमा विकासको तीन नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले साउदी अरेबियाको रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन  नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । 

पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिए।

विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमान सुधार गरेका हुन् । विकासले स्न्याचमा १ सय २४ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे । यसअघि १ सय २३ केजीको कीर्तिमान विकासको नाममा थियो । उनले सो कीर्तिमान १९ औं एसियाली खेलकुदको  अन्तिम छनोटमा बनाएका थिए ।

विकासले क्लिन एन्ड जर्कमा १सय ४८ केजी वजन उठाउदै अर्को कीर्तिमान कायम गरे । यसअघि उनले १९ औं एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा १ सय ४७ केजीको कीर्तिमान रचेका थिए ।

कुलमा उनले उठाएको २ सय ७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो । उनकै नाममा २ सय ७० केजीको कीर्तिमान थियो । विकास १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

यसैबीच अध्यक्ष श्रेष्ठ प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कग्रेसमा सहभागी हुन सोमबारै रियाद प्रस्थान गरेका छन् । श्रेष्ठसँगै खेलाडी सागर भण्डारी पनि सोमबारै रियाद प्रस्थान गरे । सागरले पुरुष १सय ९ केजीमा प्रतिस्पर्धा गर्ने छन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनसिपमा सहभागिता जनाएको हो ।

 


भिडियो
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING