लन्डन । विश्व नम्बर एक नोभाक जोकोभिच वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनमा विजयी सुरुआत गरेका छन् । ६ पटकका च्याम्पियनसमेत रहेका जोकोभिचले सोमबारबाट सुरु भएको विम्बल्डनको पहिलो चरणमा दक्षिण कोरियकाली खेलाडी सुन्वो कोनलाई ३–१ सेटमा पराजित गरे ।
पहिलो सेट ६–३ ले जितेका जोकोभिचले दोस्रो सेटमा सोही नतिजा कोनलाई सुम्पिएका थिए । यद्यपि, त्यसपछिका दुई सेट ६–३ ६–४ ले जित्दै साविक विजेता जोकोभिचले दोस्रो चरणको यात्रा तय गरे ।
उनले तेस्रो चरण प्रवेशका लागि थानसी कोक्किनाकिस र कमिल मज्चर्जकबीचको विजेतासँग खेल्ने छन् । २० पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचले २०११, १४, १५, १८, १९ र २१ मा गरी ६ पटक विम्बल्डन जितिसकेका छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
