चैत्र १२, २०८२ बिहीबार | २३:०१:०९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

जोकोभिचले थप सुदृण प्रदर्शन गर्ने किर्गियोसको दाबी

सिड्नी । अस्ट्रेलियन टेनिस खेलाडी निक किर्गियोसले विश्व नम्बर एक नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन खेल्ने अनुमती पाए उनले थप सुदृण प्रदर्शन गर्ने दाबी गरेका छन् ।

बिहीबार अस्ट्रेलियन ओपन खेल्न अनुमती पाएको भन्दै मेलनबर्न पुगेका नौ पटकका विजेता जोकोभिचलाई कोभिड १९ संक्रमणविरुद्ध खोप लगाएको प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै अस्ट्रेलिया सरकारले उनको भिसा रद्द गरिदिएको थियो ।

त्यसयता उनी  पार्क होटलमा बस्न बाध्य छन् । बिहीबार अनलाइनमार्फत आफूलाई फिर्ता पठाउने अस्ट्रेलियन सरकारको निर्णयविरुद्धको जोकोभिचको अपिलमा त्यहाँको एक अदालतले सोमबार सम्म सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

जोकोभिचका वकिकले आफूहरु आवश्यक सबै कागजातसहित उपस्थित हुँदा समेत नियोजित रुपमा बदनाम गराउन खोजिएको आरोप लगाएका थिए । 

जोकोभिच अस्ट्रलियन ओपनको उपाधि रक्षा गर्ने लक्ष्यमा छन् । जोकोभिच सामु कीर्तिमानी २१औं ग्रान्ड स्लाम जित्ने अवसर समेत रहेको छ । 

जोकोभिचसँगै राफेल नाडाल र रोजर फेडेररको नाममा २०औं ग्रान्ड स्लामको कीर्तिमान रहेको छ । 

विगतमा जोकोभिचको आलोचक रहेका किर्गियोस यस पटक भने उनको समर्थनमा आएका हुन् ।

‘प्रतियोगिताको सानका लागि पनि हामी जोकोभिचलाई अस्ट्रेलियन ओपनमा देख्न चाहन्छौ’, किर्गियासले भने, ‘मलाई निकै नरमाइलो लागिरहेको छ । अस्ट्रेलियन ओपन खेल्ने अनुमती पाएमा उनले अझ सुदृण प्रदर्शन गर्नेमा म विश्वस्त छु ।’

किर्गियोसले अस्ट्रेलियन नागरिकहरुलाई जोकोभिचको सम्मान गर्न समेत आग्रह गरेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो