माघ १८, २०८२ आइतबार | १४:२६:४५
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

क्ले कोर्टका राजा नाडाल फ्रेन्च ओपनको पहिलो चरणमै पराजित

काठमाडौं । कीर्तिमानी १४ पटकको विजेता राफाल नाडाल फ्रेन्च ओपनको पहिलो चरणबाट बाहिरिएका छन् ।

सोमबार सम्पन्न खेलमा नाडाल जर्मन खेलाडी एलेक्जेन्डर जेभेरेवसँग ६-३ ७-६ (७-५) ६-३ को सेटमा पराजित भए ।

सम्भवतः आफ्नो करिअरकै अन्तिम फ्रेन्च ओपन खेलिरहेका नाडाल पहिलो पटक चौंथो चरणअघि पराजित भएका हुन् । यसअघि २२ पटकको ग्रान्डस्लाम विजेता नाडाल कहिल्यै पनि यति चाँडै प्रतियोगिताबाट बाहिरिएका थिएनन् । त्यस्तै रोलान्ड गारोसमा उनले कुनै पनि सेट नजितेको यो नै पहिलो पटक हो ।

क्लेका राजा नाडालले गत वर्ष फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएका थिए । तर, उनको पुनरागमन सोचेअनुरुप भएन । फिलिपे क्याट्रियर कोर्टमा सुरुआती केही समय स्तरीय खेल प्रस्तुत गरेका ३७ वर्षिय नाडाल त्यसपछि सुस्त देखिएका थिए ।

खेलपछि प्रतियोगिता निर्देशक एमेली मौरेस्मोले नाडाललाई समर्थकसामू केही बोल्न आग्रह गरेका थिए । जसमा नाडालको प्रतिक्रिया यस्तो थियो, ‘मलाई थाहा छैन, तपाइँहरुका अगाडि यो मेरो अन्तिम खेल हो भनेर । मैले आज सय प्रतिशत त दिन सकिँन तर, मैले रमाइलो गरेँ । तपाइँहरुको माया पाउँदा एकदमै खुसी मिल्छ । मैले कहिल्यै पनि सोचेको थिइँन कि म ३८ वर्षको उमेरमा तपाइँहरुको अगाडि यसरी बोलिरहन्छु ।’

नाडाल अबको एक हप्तामा ३८ वर्षमा लाग्दैछन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।