चैत्र १४, २०८२ शनिबार | ०३:०४:३३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

क्ले कोर्टका राजा नाडाल फ्रेन्च ओपनको पहिलो चरणमै पराजित

काठमाडौं । कीर्तिमानी १४ पटकको विजेता राफाल नाडाल फ्रेन्च ओपनको पहिलो चरणबाट बाहिरिएका छन् ।

सोमबार सम्पन्न खेलमा नाडाल जर्मन खेलाडी एलेक्जेन्डर जेभेरेवसँग ६-३ ७-६ (७-५) ६-३ को सेटमा पराजित भए ।

सम्भवतः आफ्नो करिअरकै अन्तिम फ्रेन्च ओपन खेलिरहेका नाडाल पहिलो पटक चौंथो चरणअघि पराजित भएका हुन् । यसअघि २२ पटकको ग्रान्डस्लाम विजेता नाडाल कहिल्यै पनि यति चाँडै प्रतियोगिताबाट बाहिरिएका थिएनन् । त्यस्तै रोलान्ड गारोसमा उनले कुनै पनि सेट नजितेको यो नै पहिलो पटक हो ।

क्लेका राजा नाडालले गत वर्ष फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएका थिए । तर, उनको पुनरागमन सोचेअनुरुप भएन । फिलिपे क्याट्रियर कोर्टमा सुरुआती केही समय स्तरीय खेल प्रस्तुत गरेका ३७ वर्षिय नाडाल त्यसपछि सुस्त देखिएका थिए ।

खेलपछि प्रतियोगिता निर्देशक एमेली मौरेस्मोले नाडाललाई समर्थकसामू केही बोल्न आग्रह गरेका थिए । जसमा नाडालको प्रतिक्रिया यस्तो थियो, ‘मलाई थाहा छैन, तपाइँहरुका अगाडि यो मेरो अन्तिम खेल हो भनेर । मैले आज सय प्रतिशत त दिन सकिँन तर, मैले रमाइलो गरेँ । तपाइँहरुको माया पाउँदा एकदमै खुसी मिल्छ । मैले कहिल्यै पनि सोचेको थिइँन कि म ३८ वर्षको उमेरमा तपाइँहरुको अगाडि यसरी बोलिरहन्छु ।’

नाडाल अबको एक हप्तामा ३८ वर्षमा लाग्दैछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो