चैत्र १३, २०८२ शुक्रबार | १२:३०:३०
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

गुजरातमा मोदीलाई हराउँदै प्रेरणा च्याम्पियन 

काठमाडौं, (खेलाडी)-  नेपालकी किशोरी टेनिस स्टार भारतको अहमदाबादमा यसै साता सम्पन्न एल्टेभोल आइटा च्याम्पियनसिप सिरिज (सिएस सेभेन) को १८ वर्ष मुनिको उपाधि जितेकी छिन् । 

अहमदाबादको एल्टेभोल एलेक्जेन्डर वास्के टेनिस युनिभर्सिटीको कोर्टमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनलमा भारतकी खुसहाली निलेश मोदीलाई ६-७ (५), ६-३, ६-३ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै प्रेरणाले उपाधिमा कव्जा जमाइन ।

भारतका विभिन्न स्थानका प्रतिभावान खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा नेपाली खेलाडीले उपाधि जितेको यो पहिलो पटक हो । 

गुजरातकी दिया काटेन देसाईमाथि ६-१, ६-२ को सोझो सेटमा जित हासिल गर्दै प्रतियोगिताको सुखद सुरुआत गरेकी प्रेरणाले फाइनलअघिका सबै खेलमा विपक्षीको चुनौती सोझो सेटमा पन्छाएकी थिइन । 

अन्तिम १६ को खेलमा उनले गुजरातकै राजभी कल्पित पाञ्चाललाई ६–०, ६–१ को नतिजामा हराइन । क्वार्टरफाइनलमा गुजरातकी प्रियंका लालबहादुर थापामाथि ६-०, ६-१ को जित हासिल गरेकी उनले सेमिफाइनलमा गुजरातकै प्रियंका संजय रानालाई सोझो सेटमै पाखा लगाइन ।

प्रतियोगिता सकिएकै दिन सोमबार निकालिएको आइटिएफ जुनियर वरियतामा १८ वर्षे प्रेरणाले नौं सय ५५औं स्थानमा छिन् । उनीसँग पराजित मोदी भने एक हजार नौं सय ६४औं स्थानमा सीमित भएकी छिन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो