चैत्र ६, २०८२ शुक्रबार | ०१:५९:११
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

खोप नलगाए अस्ट्रेलियन ओपन खेल्न नपाउने

मेलबर्न,(खेलाडी)- जे जति खेलाडीले कोभिड १९ को खोप लगाएका छैनन्, हुन सक्छ, तिनले यसपल्टको अस्ट्रेलियन ओपन खेल्न पाउने छैनन् ।

भिक्टोरिया राज्यका प्रमुखले भनिसकेका छन्, 'खोप नलगाए जत्तिलाई प्रतियोगितामा प्रवेश पनि दिइने छैन् ।' वर्षको पहिलो ग्रान्ड स्लाम भिक्टोरिया राज्यको मेलबर्गनमा जनवरी १७ बाट सुरु हुँदैछ । 

भिक्टोरिया सरकारले सबै व्यवसायिक खेलाडीलाई खोप अनिवार्य गरेको छ । राज्य प्रमुख ड्यानिएल एन्ड्रयु भन्छन्, ‘मलाई लाग्दैन कि खोप नलिएका खेलाडीलाई अस्ट्रेलिया प्रवेश गर्न भिसा पनि दिइनेछ । यदी प्रवेश पाइहाले पनि खोप नलिएका जत्तिले कम्तीमा दुई साताको क्वारेन्टिन बस्नु पर्नेछ ।’

उनले थपेका छन्, ‘भाइसरलाई के थाहा छैन् भने खोप नलगाएका खेलाडी कति वरीयताको हो र उसले यसअघि कति ग्रान्ड स्लाम जितेका छन् । खासमा खोप र सफल खेलाडीबीच कुनै पनि प्रकारको सम्बन्ध छैन् । खासमा खोप ले लगाएको व्यक्तिलाई मात्र सुरक्षित गर्दैन्, उसको वरीपरी बस्नेलाई पनि सुरक्षित राख्छ ।’

पुरुष वरीयताको शीर्ष स्थानमा रहेका तथा अस्ट्रेलियनओपनका साविक विजेता नोभाक जोकोभिचले अहिलेसम्म आफुले खोप लगाएका छन् अथवा छैनन्, त्यसको जानकारी दिएका छैनन् । उनले आफु अस्ट्रेलिया जाने अथवा नजाने, त्यो पनि टुंगो लागिनसकेको बताएका छन् । 

कीर्तिमान २० पल्टका ग्रान्ड स्लाम विजेता खेलाडीले कोभिड १९ विरुद्धको खोप लगाउने विषय नितान्त निजी रहेको दाबी गर्दै आएका छन् र यसमा कोही कसैलाई धेरै रूचि राख्न आवश्यक नभएको पनि बताउँदै आएका छन् ।

उनको कुरा सुन्ने हो भने सम्भवतः खोप नलगाएकै कारण उनले यसपल्टको अस्ट्रेलियनओपन खेल्न पाउने छैनन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो