एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो

९ सदस्यीय तेक्वान्दो टोली भारत प्रस्थान

काठमाडौं ।  नेपाली तेक्वान्दो टोली सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन बुधबार भारतको गोवा गएको छ । मे २१ देखि २३ सम्म हुने प्रतियोगितामा सहभागी हुन सात खेलाडीसहित ९ सदस्यीय टोली भारत गएको हो ।

प्रतियोगितामा पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा,६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का, ३२ केजीमुनि रघुनाथ भण्डारी र २९ केजीमुनि आभास डिओले खेल्ने छन् । सब जुनियरमा सहभागी हुने तीनै खेलाडीले एकल पुम्सेमा पनि प्रतिस्पर्धा गर्नेछन् ।

क्याडेट महिलाको ३३ केजीमुनि र एकल पुम्सेमा सुसन्ध्या खड्काले सहभागिता जनाउने छिन् । टोलीको प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा छन् ।