चैत्र ७, २०८२ शनिबार | १८:३६:३७
सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित

पारा तेक्वान्दो प्रशिक्षक लामा सम्मानित

काठमाडौं । पशुपति सिर्जनशील युवा क्लबले राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ ।

नेपाल सम्वत् ११४४ को शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा भएको सम्मानमा क्लबका अध्यक्ष एवम् कार्यक्रमका संयोजक सुमन डंगोल, काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एवंम प्रमुख अथिति  गगनकुमार थापा, बागमती प्रदेश सभा सदस्य श्रीराम लामिछाने, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्री र कामपा वडा नम्बर ८ का अध्यक्ष आशामान संगत लागयतको उपस्थिति थियो ।

गत अक्टोबर २२ देखि २८ सम्म चीनको हाङझाउमा भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के-४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक हासिल गरी नेपाल र सम्पुर्ण नेपालीको नाम र इज्जत उच्च पार्ने क्रममा प्रशिक्षकको भूमिकामा रहेकोले नेगीलाई सम्मान गरेको छ ।

प्रशिक्षकका रुपमा रहेर कविराज नेगी लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा प्रतियोगितामा पलेशाको सहित जितेको ९ औं पदक हो । अन्तर्राष्ट्रिय लेभल- २ प्रशिक्षक नेगी लामाको प्रशिक्षणमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य जितेको छ ।

पलेशाले १ स्वर्ण र १ कांस्य, सिर्जना घिसिङले १ स्वर्ण र २ रजत, रञ्जना धामीले २ कांस्य तथा विक्रम श्रेष्ठ र विशाल गर्बुजाले समान १ कांस्य जितेका छन् । पलेशाले टोकियो पारा ओलम्पिक- २०२० मा २ ‘बाउट’ जितेर इतिहास रचेको बेला पनि  लामा नै पलेशाका प्रशिक्षक थिए ।

सोही कार्यक्रममा नेपाली राष्ट्रिय पौडी खेलाडी अदिप्शा वैद्यलाई पनि सम्मान गरिएको थियो । 

सन् २०१९ मा हंगेरीको बुढापेस्टमा आयोजना भएको जुनियर वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाएकी उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा समेत प्रतिस्पर्धा गरेकी वैद्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो