माघ १६, २०८२ शुक्रबार | २३:३१:२७
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

पारा तेक्वान्दो प्रशिक्षक लामा सम्मानित

काठमाडौं । पशुपति सिर्जनशील युवा क्लबले राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ ।

नेपाल सम्वत् ११४४ को शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा भएको सम्मानमा क्लबका अध्यक्ष एवम् कार्यक्रमका संयोजक सुमन डंगोल, काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एवंम प्रमुख अथिति  गगनकुमार थापा, बागमती प्रदेश सभा सदस्य श्रीराम लामिछाने, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्री र कामपा वडा नम्बर ८ का अध्यक्ष आशामान संगत लागयतको उपस्थिति थियो ।

गत अक्टोबर २२ देखि २८ सम्म चीनको हाङझाउमा भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के-४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक हासिल गरी नेपाल र सम्पुर्ण नेपालीको नाम र इज्जत उच्च पार्ने क्रममा प्रशिक्षकको भूमिकामा रहेकोले नेगीलाई सम्मान गरेको छ ।

प्रशिक्षकका रुपमा रहेर कविराज नेगी लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा प्रतियोगितामा पलेशाको सहित जितेको ९ औं पदक हो । अन्तर्राष्ट्रिय लेभल- २ प्रशिक्षक नेगी लामाको प्रशिक्षणमा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य जितेको छ ।

पलेशाले १ स्वर्ण र १ कांस्य, सिर्जना घिसिङले १ स्वर्ण र २ रजत, रञ्जना धामीले २ कांस्य तथा विक्रम श्रेष्ठ र विशाल गर्बुजाले समान १ कांस्य जितेका छन् । पलेशाले टोकियो पारा ओलम्पिक- २०२० मा २ ‘बाउट’ जितेर इतिहास रचेको बेला पनि  लामा नै पलेशाका प्रशिक्षक थिए ।

सोही कार्यक्रममा नेपाली राष्ट्रिय पौडी खेलाडी अदिप्शा वैद्यलाई पनि सम्मान गरिएको थियो । 

सन् २०१९ मा हंगेरीको बुढापेस्टमा आयोजना भएको जुनियर वर्ल्ड च्याम्पियनसिपमा सहभागिता जनाएकी उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा समेत प्रतिस्पर्धा गरेकी वैद्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।