चैत्र १३, २०८२ शुक्रबार | ११:१९:४३
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो भदौ अन्तिम साता हुने

काठमाडौं । ११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । ।

प्रतियोगिता भदौ २७ देखि ३१ गतेसम्म हुने  प्रतियोगिता आयोजक समिति संयोजक तथा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी गराए ।

प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी कुल १ हजार ७ सय ७८ खेलाडीको सहभागिता रहने छ । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत पुम्सेतर्फ २५ र ग्यगोरीतर्फ ३२ गरी ५७ स्वर्ण पदका लागि ७ सय ११ महिला १ हजार ६७ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने जनकारी दिइएको हो ।

प्रतियोगितामा भारतबाट ३५ तथा बंगलादेशका ३३ खेलाडी सहभागि हुनेछन् । उत्कृष्ट खेलाडीलाई दक्षिण कोरियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने चन्दले जनाए ।  

प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख खर्च हुने र त्यसमध्ये नेपालस्थित दक्षिण कोरियाली दूतावासले पाँच हजार अमेरिकी डलर प्रदान गर्नेछ । यसैगरी खेलाडी दर्ताबाट १७ लाख उठ्ने तथा बाँकी रकम संघले व्योहोर्नेछ ।

प्रतियोगिता आयोजनाका लागि चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ र जसअन्तर्गत १० वटा उपसमितिहरु रहेका छन् ।

नेपाली राष्ट्रिय टिमका खेलाडीहरु हाल एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणमा रहेकाले उनीहरु सहभागी हुने छैनन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो