माघ १७, २०८२ शनिबार | ०९:२३:२९
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

आइटिएफका केन्द्रिय सचिव रूपसिंहलाई पाँचौं डान

काठमाडौं । नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रिय सचिव रूपसिंह मोक्तान अन्तर्राष्ट्रिय पाँचौं डानको परीक्षामा उत्तीर्ण भएका छन् ।

काजकिस्तानमा जारी आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक रहेका रूपसिंह पाँचौं डान परीक्षामा शनिबार उत्तीर्ण भएका हुन् । रूपसिंहले च्याम्पियनसिपकै क्रममा काजकिस्तानको आस्तानामा भएको ग्रेडिङ परीक्षा दिएका थिए ।

परीक्षामा प्याटर्न, पावर ब्रेकिङ र स्पाइरिङ टेक्निकलगायतमा सफलता प्राप्त गरेसँगै उनी परीक्षामा उत्तीर्ण भए । विश्व आइटिएफ तेक्वान्दो महासंघकका कार्यकारी सदस्य एवं रेफ्री तथा टेक्निकल कमिटीका सहसंयोजक ग्रान्ड मास्टर राजेन्द्रन बलानको टिमले उनको परीक्षा लिएका थिए ।

रूपसिंह रामेछाप आइटिएफ तेक्वान्दोका संस्थापकसमेत हुन् । उनकै सक्रियतामा रामेछापको गाल्पामा आइटिएफको राष्ट्रिय एकेडेमीका साथै तेक्वान्दो खेलकै संस्थापक स्वर्गीय जनरल चोइ हङ हीको पूर्णकदको प्रतिमा/ सालिक बनाइएको छ । आइटिएफ संस्थापकको उक्त सालिक विश्वकै पहिलो हो ।

विश्व आइटिफको अधिवेशनमा समेत रूपसिंहको उक्त कार्यको प्रशंसा भएको थियो । उक्त शालिक अनावरण कार्यक्रममा विश्व आइटिएफका ग्रान्ड मास्टरहरूलाई उनले निम्तो दिएका छन् ।

ग्रान्ड मास्टरले पनि नेपालको रामेछापमा उपस्थित हुने जानकारी दिएको रूपसिंहबताए। जारी च्याम्पियनसिपमा रूपसिंहकै प्रशिक्षणमा नेपालका चार खेलाडीले चुनौती प्रस्तुत गरेका थिए ।

नेपाल आइटिएफ तेक्वान्दो महासंघका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्(राखेप)का बोर्ड सदस्य अन्जन धमलाले च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।