चैत्र १२, २०८२ बिहीबार | ०३:१४:३३
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

आइटिएफका केन्द्रिय सचिव रूपसिंहलाई पाँचौं डान

काठमाडौं । नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रिय सचिव रूपसिंह मोक्तान अन्तर्राष्ट्रिय पाँचौं डानको परीक्षामा उत्तीर्ण भएका छन् ।

काजकिस्तानमा जारी आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक रहेका रूपसिंह पाँचौं डान परीक्षामा शनिबार उत्तीर्ण भएका हुन् । रूपसिंहले च्याम्पियनसिपकै क्रममा काजकिस्तानको आस्तानामा भएको ग्रेडिङ परीक्षा दिएका थिए ।

परीक्षामा प्याटर्न, पावर ब्रेकिङ र स्पाइरिङ टेक्निकलगायतमा सफलता प्राप्त गरेसँगै उनी परीक्षामा उत्तीर्ण भए । विश्व आइटिएफ तेक्वान्दो महासंघकका कार्यकारी सदस्य एवं रेफ्री तथा टेक्निकल कमिटीका सहसंयोजक ग्रान्ड मास्टर राजेन्द्रन बलानको टिमले उनको परीक्षा लिएका थिए ।

रूपसिंह रामेछाप आइटिएफ तेक्वान्दोका संस्थापकसमेत हुन् । उनकै सक्रियतामा रामेछापको गाल्पामा आइटिएफको राष्ट्रिय एकेडेमीका साथै तेक्वान्दो खेलकै संस्थापक स्वर्गीय जनरल चोइ हङ हीको पूर्णकदको प्रतिमा/ सालिक बनाइएको छ । आइटिएफ संस्थापकको उक्त सालिक विश्वकै पहिलो हो ।

विश्व आइटिफको अधिवेशनमा समेत रूपसिंहको उक्त कार्यको प्रशंसा भएको थियो । उक्त शालिक अनावरण कार्यक्रममा विश्व आइटिएफका ग्रान्ड मास्टरहरूलाई उनले निम्तो दिएका छन् ।

ग्रान्ड मास्टरले पनि नेपालको रामेछापमा उपस्थित हुने जानकारी दिएको रूपसिंहबताए। जारी च्याम्पियनसिपमा रूपसिंहकै प्रशिक्षणमा नेपालका चार खेलाडीले चुनौती प्रस्तुत गरेका थिए ।

नेपाल आइटिएफ तेक्वान्दो महासंघका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय खेलकुद परिषद्(राखेप)का बोर्ड सदस्य अन्जन धमलाले च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो