चैत्र ११, २०८२ बुधबार | १२:२६:४७
यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा च्यालेन्ज ट्रफीको लागि प्रारम्भिक टोलीको घोषणा पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कपमा आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता

आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपको निर्णायकमा धमला

आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्दै अञ्जन धमला

काठमाडौं ।  नेपाल आइटिएफ तेक्वान्दो महासंघका निवर्तमान अध्यक्ष अन्जन धमलाले काजाखस्तानमा जारी २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।  

आइटिएफ तेक्वान्दोको विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाहगर्ने धमला नेपाली भएको बताइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य पनि रहेका धमला अगस्ट ३० सम्म सञ्चालन हुने विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिकामा छन्। 

आइटिएफका छैटौं डान धमला ‘ए’ क्लास अन्तर्राष्ट्रिय अम्पायर हुन् । काजखस्तानको अस्तनामा जारी विश्व च्याम्पियनसिपमा उनले जापान र कोरिया, ताजखस्तान र भारत, स्पेन र अर्जेन्टिना तथा रसिया र फिलिपिन्सका खेलाडीबीचको प्रतिस्पर्धामा निर्णायक गरेको नेपाली टोलीका प्रशिक्षक रूपसिंह मोक्तानले जानकारी दिए ।

धमला एसियन तेक्वान्दो फेडेरेसनका कार्यकारी सदस्य र दक्षिण एसियाली तेक्वान्दो फेडेरेसनका उपाध्यक्ष हुन् । जारी विश्व च्याम्पियनसिपमा ९३ वटा देशबाट ९ सय भन्दा बढी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्दैछन् । नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका पुकार केसीले पनि आज चुनौती प्रस्तुत गर्दैछन् । विश्व च्याम्पियनसिपमा पहिलो पटक निर्णायक भूमिका गरिरहेका धमलाले विश्वभरका आइटिएफ तेक्वान्दोका खेलाडीहरूका लागि ठूलो महोत्सवमा निर्णायकको भूमिका निर्वाह गर्न पाउनु ठूलो उपलब्धि रहेको बताए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो