माघ १७, २०८२ शनिबार | १५:२२:४७
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

‘मेरा लागि सहभागिता नै ठूलो’ 

टोकियो, साउन ९ (एएफपी)–  टोकियो ओलम्पिककै कान्छी सिरियाली टेबल टेनिस खेलाडी हिन्ड जाजा शनिबार प्रारम्भिक चरणबाटै बाहिरिए पनि उनले सहभागिता नै आफ्ना लागि सबैभन्दा ठूलो उपलिब्ध भएको प्रतिक्रिया दिएकी छिन् ।

गृहयुद्धको चरम मारमा परेको सिरियाबाट गत वर्ष टोकियो ओलम्पिकमा टिकट काटेसँगै जाजा चर्चामा आएकी थिइन् । शनिबार टोकियोमा भएको पहिलो चरणको खेलमा जाजा अस्ट्रियाकी लेउ च्यासँग ११–४, ११–९, ११–३, ११–५ ले पराजित भइन् ।

‘टोकियो ओलम्पिकमा छनोट हुनु नै मेरा लागि उपलब्धि थियो । मलाई जित्नैपर्ने दबाब थिएन, मात्र स्वाभाविक खेल प्रदर्शन गर्न भनिएको थियो,’ १२ वर्षिया जाजाले भनिन्, ‘मेरो प्रदर्शन सन्तोषजनक रह्यो । मैले यो हारबाट धेरै पाठ सिक्ने अवसर पाएँ । आशा छ, आगामी ओलम्पिकमा मैले धेरै राम्रो प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गर्नेछु ।’

सिरियामा सन् २०११ बाट जारी युद्धका कारण हालसम्म ५ लाखले ज्यान गुमाइसकेका छन् । जहाँ अभ्यासका लागि समेत स्तरीय खेलस्थल छैन ।

‘सिरियामा मैले निकै कठिन स्थितिमा अभ्यास गरें । मेरो चाहना स्तरीय अभ्यासस्थल थियो । अभ्यासका लागि टेबल पनि उपलब्ध थिएन,’ ३९ वर्षे भेट्रान्स प्रतिद्वन्द्वीसँग हार भोगेपछि जाजाले भनिन्, ‘धेरै चुनौतीका बीच हामीले खेल्न पायौं । यो नै विशेष क्षण हो । युद्धका बीचमा पनि हामी खेल्न सक्षम छौं भन्ने प्रमाणित भयो ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।