चैत्र १४, २०८२ शनिबार | २२:०९:३३
हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ?

‘मेरा लागि सहभागिता नै ठूलो’ 

टोकियो, साउन ९ (एएफपी)–  टोकियो ओलम्पिककै कान्छी सिरियाली टेबल टेनिस खेलाडी हिन्ड जाजा शनिबार प्रारम्भिक चरणबाटै बाहिरिए पनि उनले सहभागिता नै आफ्ना लागि सबैभन्दा ठूलो उपलिब्ध भएको प्रतिक्रिया दिएकी छिन् ।

गृहयुद्धको चरम मारमा परेको सिरियाबाट गत वर्ष टोकियो ओलम्पिकमा टिकट काटेसँगै जाजा चर्चामा आएकी थिइन् । शनिबार टोकियोमा भएको पहिलो चरणको खेलमा जाजा अस्ट्रियाकी लेउ च्यासँग ११–४, ११–९, ११–३, ११–५ ले पराजित भइन् ।

‘टोकियो ओलम्पिकमा छनोट हुनु नै मेरा लागि उपलब्धि थियो । मलाई जित्नैपर्ने दबाब थिएन, मात्र स्वाभाविक खेल प्रदर्शन गर्न भनिएको थियो,’ १२ वर्षिया जाजाले भनिन्, ‘मेरो प्रदर्शन सन्तोषजनक रह्यो । मैले यो हारबाट धेरै पाठ सिक्ने अवसर पाएँ । आशा छ, आगामी ओलम्पिकमा मैले धेरै राम्रो प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गर्नेछु ।’

सिरियामा सन् २०११ बाट जारी युद्धका कारण हालसम्म ५ लाखले ज्यान गुमाइसकेका छन् । जहाँ अभ्यासका लागि समेत स्तरीय खेलस्थल छैन ।

‘सिरियामा मैले निकै कठिन स्थितिमा अभ्यास गरें । मेरो चाहना स्तरीय अभ्यासस्थल थियो । अभ्यासका लागि टेबल पनि उपलब्ध थिएन,’ ३९ वर्षे भेट्रान्स प्रतिद्वन्द्वीसँग हार भोगेपछि जाजाले भनिन्, ‘धेरै चुनौतीका बीच हामीले खेल्न पायौं । यो नै विशेष क्षण हो । युद्धका बीचमा पनि हामी खेल्न सक्षम छौं भन्ने प्रमाणित भयो ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो