चैत्र ८, २०८२ आइतबार | १०:३८:५१
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

आर्यन र शुभश्रीलाई स्वर्ण

काठमाडौं । एभरेस्ट आर्यन शाही र युलेन्सकी शुभश्री श्रेष्ठले १०औं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

यु-१६ सिंगल्सको ब्वाइजमा आर्यन र गर्ल्समा शुभश्री पहिलो भएको भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइजको फाइनलमा आर्यनले एभिएमका जयस्नु महर्जनलाई ११-९, १४-१२, ९-११, ६-११, ११-९ को सेटमा पराजित गरे । भासारका रिजन शाक्य र न्यु होराइजनका सुविन क्षेत्री तेश्रो भए ।

यसैगरी गर्ल्सको उपाधि भिडन्तमा शुभश्रीले सेन्ट मेरिजकी सुरम्य शाक्यलाई ११-८, ११-४, ११-६ को सोझो सेटमा हराइन् ।  प्राइम ग्लोबलकी प्राज्णा महर्जन र एभिएमकी अर्सना महर्जन तेश्रो स्थानमा रहे ।

दुवैतर्फका शीर्षले क्रमशः १५ हजार, ७ हजार ५०० र ३ हजार रुपैयाँ प्राप्त गरे ।

गोरखनाथ माविको सहकार्यमा सोफेस नेपालद्वारा आयोजित प्रतियोगिताको यु-१२ ब्वाइज सिंगल्समा डिलाइट किन्डरगार्तेनका आरम्भराज शाक्य पहिलो भए । उनले फाइनलमा जेम्सका अनमोल बजगाईंलाई ३-२ ले हराए ।

सो स्पर्धाको गर्ल्समा आरुणीकी योजना पुन मगरले जेम्सकी सुहाना महर्जनलाई ३-१ ले हराउँदै पहिलो भइन् ।

यु-१४ ब्वाइज सिंगल्समा श्रृष्टि एकेडेमीका अर्नव श्रेष्ठले स्वर्ण पदक जिते । उनले फाइनलमा जेम्सका अर्चित शाहलाई ३-० को सोझो सेटमा हराए ।

उक्त स्पर्धाको गर्ल्समा दृष्टिका श्रेष्ठले स्वर्णिमकी सुप्रिया कपालीविरुद्ध ३-१ को जित जित निकाल्दै स्वर्ण चुमिन् ।

ब्वाइज टिम इभेन्टमा एभिएम पहिलो, भासारा दोश्रो तथा न्यु होराइजन र एभरेष्ट तेश्रो स्थानमा रहे ।

यो स्पर्धाको गर्ल्समा एभिएमले पहिलो, प्रभातले दोश्रो तथा मंगल र स्वस्तिश्री गुरुकुलले तेश्रो स्थान हासिल गरे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली, सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा ४४ विद्यालयका १७७ ब्वाइज र ७६ गर्ल्स गरी २५३ खेलाडीले ८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । यु–१६ सिंगल्समा मात्र नगद पुरस्कार राखिएको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो