माघ १५, २०८२ बिहीबार | २०:१४:३५
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

आर्यन र शुभश्रीलाई स्वर्ण

काठमाडौं । एभरेस्ट आर्यन शाही र युलेन्सकी शुभश्री श्रेष्ठले १०औं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

यु-१६ सिंगल्सको ब्वाइजमा आर्यन र गर्ल्समा शुभश्री पहिलो भएको भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइजको फाइनलमा आर्यनले एभिएमका जयस्नु महर्जनलाई ११-९, १४-१२, ९-११, ६-११, ११-९ को सेटमा पराजित गरे । भासारका रिजन शाक्य र न्यु होराइजनका सुविन क्षेत्री तेश्रो भए ।

यसैगरी गर्ल्सको उपाधि भिडन्तमा शुभश्रीले सेन्ट मेरिजकी सुरम्य शाक्यलाई ११-८, ११-४, ११-६ को सोझो सेटमा हराइन् ।  प्राइम ग्लोबलकी प्राज्णा महर्जन र एभिएमकी अर्सना महर्जन तेश्रो स्थानमा रहे ।

दुवैतर्फका शीर्षले क्रमशः १५ हजार, ७ हजार ५०० र ३ हजार रुपैयाँ प्राप्त गरे ।

गोरखनाथ माविको सहकार्यमा सोफेस नेपालद्वारा आयोजित प्रतियोगिताको यु-१२ ब्वाइज सिंगल्समा डिलाइट किन्डरगार्तेनका आरम्भराज शाक्य पहिलो भए । उनले फाइनलमा जेम्सका अनमोल बजगाईंलाई ३-२ ले हराए ।

सो स्पर्धाको गर्ल्समा आरुणीकी योजना पुन मगरले जेम्सकी सुहाना महर्जनलाई ३-१ ले हराउँदै पहिलो भइन् ।

यु-१४ ब्वाइज सिंगल्समा श्रृष्टि एकेडेमीका अर्नव श्रेष्ठले स्वर्ण पदक जिते । उनले फाइनलमा जेम्सका अर्चित शाहलाई ३-० को सोझो सेटमा हराए ।

उक्त स्पर्धाको गर्ल्समा दृष्टिका श्रेष्ठले स्वर्णिमकी सुप्रिया कपालीविरुद्ध ३-१ को जित जित निकाल्दै स्वर्ण चुमिन् ।

ब्वाइज टिम इभेन्टमा एभिएम पहिलो, भासारा दोश्रो तथा न्यु होराइजन र एभरेष्ट तेश्रो स्थानमा रहे ।

यो स्पर्धाको गर्ल्समा एभिएमले पहिलो, प्रभातले दोश्रो तथा मंगल र स्वस्तिश्री गुरुकुलले तेश्रो स्थान हासिल गरे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपाली, सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा ४४ विद्यालयका १७७ ब्वाइज र ७६ गर्ल्स गरी २५३ खेलाडीले ८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । यु–१६ सिंगल्समा मात्र नगद पुरस्कार राखिएको थियो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।