माघ ३, २०८२ शनिबार | १४:११:०३
कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी सम्मानित

सम्मानित खेलाडीका साथै भारत र कतार जाने खेलाडी

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघले दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई शुक्रबार सम्मान गरेको  ।

संघले दक्षिण एसियाली युथ  टेबल टेनिस च्याम्पियनसिप तथा दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलालाई सम्मान गरेको हो ।

भारतमा भएको दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपका पदक विजेता सबै खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरिएको थियो । बैशाख ३१ देखि जेठ ४ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको थियो ।

यू-१९ ब्वाइज टिममा सुजन गडाल, विशाल गोले, विश्व बानियाँ र सिद्धार्थ तामाङले नेपाललाई स्वर्ण पदक दिलाएका थिए । यू-१५ गर्ल्स डबल्समा सुस्मिता खड्का र शुभश्री श्रेष्ठले रजत पदक जितेका थिए ।

त्यस्तै यू-१५ ब्वाइज टिममा सिद्धार्थ तामाङ, सौरभ खड्का र एरिस शाक्य, यू-१९ गर्ल्स डबल्समा वियंका राई र इभाना थापा मगर, यू-१९ मिक्स डबल्समा सुजन गडाल र वियंका राई, यू-१९ ब्वाइज डबल्समा विशाल गोले र विश्व बानियाँ, यू-१९ मिक्स डबल्समा सिद्धार्थ तामाङ र शुभश्री श्रेष्ठ, यू-१९ गर्ल्स टिममा वियंका राई, इभाना थापा मगर, दिया देउला र शुभश्री श्रेष्ठ तथा यू-१५ गर्ल्स टिममा सुस्मिता खड्का, करिना सुवाल र शुभश्री श्रेष्ठले कांस्य जितेका थिए ।

यसैगरी नेपालमा भएको १३ औं साग अन्तर्गत टेबल टेनिसको विभिन्न स्पर्धामा पदक जित्न सफल १० खेलाडीलाई पनि सम्मान गरियो ।

पुरुषमा स्यान्टु श्रेष्ठले १ रजत र ३ कांस्य, शिवसुन्दर गोथेले १ रजत, विनेश खनियाँले १ रजत र १ कांस्य, पुरुषोत्तम वज्राचार्यले १ रजत र कांस्य तथा संयोग कपालीले १ रजत पदक जितेका थिए । महिलामा नविता श्रेष्ठले २ कांस्य तथा रविना महर्जन, एलिना महर्जन, दीक्षा तामाङ र सिक्का सुवाल श्रेष्ठले १ कांस्य पदक हात पारेका थिए ।

 भारत र कतार जाने टोलीको बिदाइ

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको कार्यक्रममा २५ औं एसियाली जुनियर टेबल टेनिसमा भाग लिने तथा १९ औं एसियाली खेलकुदको तयारीका लागि बैदेशिक प्रशिक्षणमा जाने टोलीलाई पनि बिदाइ गरिएको थियो  ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यलगायतले खेलाडीलाई सम्मान गर्नुका साथै सफलताको शुभकामना सहित बिदाइ गरे ।

चिनको हाङझाउमा असोज ६ गतेदेखि हुने १९ औं एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणलाई भारत जाने ६ खेलाडीसहित ९ सदस्यीय टोलीलाई बिदाइ गरियो ।
पुरुष खेलाडीमा संयोग कपाली, रुविन महर्जन र विलोश श्रेष्ठ तथा महिलामाम नविता श्रेष्ठ, सिक्का सुवाल श्रेष्ठ र इभाना थापा मगर छन् । 

प्रशिक्षकमा सन्जिवकुमार ढुंगेल र सन्ध्या शाक्य तथा व्यवस्थापकमा अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य छन् ।
टोली सोमबार भारत प्रस्थान गर्ने छ । टोलीले नयाँ दिल्लीस्थित अन्सुलगर्ग टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरी असोज २ गते स्वदेश फर्किने छ ।

यसैगरी कतारको दोहामा हुनेमा २५ औं एसियाली जुनियर टेबलटेनिस प्रतियोगितामा नेपालबाट ५ खेलाडी सहभागी हुँदैछन् । असार ३१ देखि साउन ६ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत भएका हुन्

पुरुष खेलाडीमा सुजन गडाल, विशाल गोले र घनन्जय दाहाल तथा महिलामा शुभश्री श्रेष्ठ र सुस्मिता खड्का छन् । प्रशिक्षकमा मोहनदास बासुकला तथा अम्पायरमा तेजेन्द्रसिंह महरा र नरेश रावल छन् ।

प्रतियोगितामा सहभागी हुन टोली शनिबार कतार प्रस्थान गर्दैछ ।

 


 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate