चैत्र १३, २०८२ शुक्रबार | १६:५५:४९
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी सम्मानित

सम्मानित खेलाडीका साथै भारत र कतार जाने खेलाडी

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघले दुई अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई शुक्रबार सम्मान गरेको  ।

संघले दक्षिण एसियाली युथ  टेबल टेनिस च्याम्पियनसिप तथा दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलालाई सम्मान गरेको हो ।

भारतमा भएको दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपका पदक विजेता सबै खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरिएको थियो । बैशाख ३१ देखि जेठ ४ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, १ रजत र ७ कांस्य पदक जितेको थियो ।

यू-१९ ब्वाइज टिममा सुजन गडाल, विशाल गोले, विश्व बानियाँ र सिद्धार्थ तामाङले नेपाललाई स्वर्ण पदक दिलाएका थिए । यू-१५ गर्ल्स डबल्समा सुस्मिता खड्का र शुभश्री श्रेष्ठले रजत पदक जितेका थिए ।

त्यस्तै यू-१५ ब्वाइज टिममा सिद्धार्थ तामाङ, सौरभ खड्का र एरिस शाक्य, यू-१९ गर्ल्स डबल्समा वियंका राई र इभाना थापा मगर, यू-१९ मिक्स डबल्समा सुजन गडाल र वियंका राई, यू-१९ ब्वाइज डबल्समा विशाल गोले र विश्व बानियाँ, यू-१९ मिक्स डबल्समा सिद्धार्थ तामाङ र शुभश्री श्रेष्ठ, यू-१९ गर्ल्स टिममा वियंका राई, इभाना थापा मगर, दिया देउला र शुभश्री श्रेष्ठ तथा यू-१५ गर्ल्स टिममा सुस्मिता खड्का, करिना सुवाल र शुभश्री श्रेष्ठले कांस्य जितेका थिए ।

यसैगरी नेपालमा भएको १३ औं साग अन्तर्गत टेबल टेनिसको विभिन्न स्पर्धामा पदक जित्न सफल १० खेलाडीलाई पनि सम्मान गरियो ।

पुरुषमा स्यान्टु श्रेष्ठले १ रजत र ३ कांस्य, शिवसुन्दर गोथेले १ रजत, विनेश खनियाँले १ रजत र १ कांस्य, पुरुषोत्तम वज्राचार्यले १ रजत र कांस्य तथा संयोग कपालीले १ रजत पदक जितेका थिए । महिलामा नविता श्रेष्ठले २ कांस्य तथा रविना महर्जन, एलिना महर्जन, दीक्षा तामाङ र सिक्का सुवाल श्रेष्ठले १ कांस्य पदक हात पारेका थिए ।

 भारत र कतार जाने टोलीको बिदाइ

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको कार्यक्रममा २५ औं एसियाली जुनियर टेबल टेनिसमा भाग लिने तथा १९ औं एसियाली खेलकुदको तयारीका लागि बैदेशिक प्रशिक्षणमा जाने टोलीलाई पनि बिदाइ गरिएको थियो  ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यलगायतले खेलाडीलाई सम्मान गर्नुका साथै सफलताको शुभकामना सहित बिदाइ गरे ।

चिनको हाङझाउमा असोज ६ गतेदेखि हुने १९ औं एसियाली खेलकुदको तयारीका लागि वैदेशिक प्रशिक्षणलाई भारत जाने ६ खेलाडीसहित ९ सदस्यीय टोलीलाई बिदाइ गरियो ।
पुरुष खेलाडीमा संयोग कपाली, रुविन महर्जन र विलोश श्रेष्ठ तथा महिलामाम नविता श्रेष्ठ, सिक्का सुवाल श्रेष्ठ र इभाना थापा मगर छन् । 

प्रशिक्षकमा सन्जिवकुमार ढुंगेल र सन्ध्या शाक्य तथा व्यवस्थापकमा अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य छन् ।
टोली सोमबार भारत प्रस्थान गर्ने छ । टोलीले नयाँ दिल्लीस्थित अन्सुलगर्ग टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरी असोज २ गते स्वदेश फर्किने छ ।

यसैगरी कतारको दोहामा हुनेमा २५ औं एसियाली जुनियर टेबलटेनिस प्रतियोगितामा नेपालबाट ५ खेलाडी सहभागी हुँदैछन् । असार ३१ देखि साउन ६ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत भएका हुन्

पुरुष खेलाडीमा सुजन गडाल, विशाल गोले र घनन्जय दाहाल तथा महिलामा शुभश्री श्रेष्ठ र सुस्मिता खड्का छन् । प्रशिक्षकमा मोहनदास बासुकला तथा अम्पायरमा तेजेन्द्रसिंह महरा र नरेश रावल छन् ।

प्रतियोगितामा सहभागी हुन टोली शनिबार कतार प्रस्थान गर्दैछ ।

 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो