चैत्र ६, २०८२ शुक्रबार | १४:०३:५९
स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै

२० स्वर्णसहित पौडीमा आर्मी च्याम्पियन

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा मंगलबार चार स्वर्ण, दुई रजत र एक कांस्य पदक तथा गैह्र आवासीय नेपाली संघ (एनआरएनए)ले तीन स्वर्ण तथा एक कांस्य पदक जितेको छ ।

मंगलबार कुल आठ स्वर्ण पदकको छिनोफानो हुँदा अर्को एक स्वर्ण पदक प्रदेश एकले जित्यो ।

आर्मीका लागि टिम स्वर्णसहित डुआना लामाले तीन स्वर्ण पदक भिर्दा एलेक्जेन्डर शाहले दुई पदक भिरे । एलेक्जेन्डर, डुआना लामा, नासिर याहया हुसेन र गौरिका सिंहको टोली टोली (३ मिनेट ५३.१२ सेकेन्ड)ले टिम स्वर्ण पदक जित्दा डुआनाले महिला चार सय फ्रिस्टाइल (४ मिनेट ४३.९२ सेकेन्ड) र महिला १ सय मिटर ब्रेस्टस्ट्रोक (१ मिनेट १६.६३ सेकेन्ड)मा स्वर्ण पदक जितिन् । एलेक्जेन्डरले पुरुष ५० मिटर फ्रिस्टाइलमा (२३.८७ सेकेन्ड) अर्को स्वर्ण पदक जिते ।

यसैगरी एनआरएनएका आशिष सापकोटाले पुरुष २ सय मिटर बटरफ्लाई र पुरुष चार सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण पदक जिते । एनआरएनएका लागि अर्को स्वर्ण पदक महिला ५० मिटर फ्रिस्टाइलमा एश्ले सापकोटा डंगोल (२७.८९ सेकेन्ड) ले जितेकी थिइन ।

एश्लेले स्वर्ण पदक जित्दा आर्मीकी गौरिका सिंह (२८.२९ सेकेन्ड)ले रजत तथा आर्मीकै अनुसिया तन्डुकार (२८.७९)ले कांस्य पदक जितेकी छिन् ।

पुरुष ५० मिटर फ्रिस्टाइलमा एलेक्जेन्डरले स्वर्ण जिते भने पुलिसका सनबहादुर रघुबंशी (२४.५३ सेकेन्ड)ले रजत तथा सशस्त्र प्रहरी बल (एपिएफ)का तेन्जिङ नामडेक रायन गुरुङ (२५.८२ सेकेन्ड)ले कांस्य पदक जिते ।

मिक्सड चार सय मिटर फ्रिस्टाइल रिलेमा आर्मीले स्वर्ण पदक जित्दा नेपाल पुलिसका आर्या महर्जन, मेघन गुरुङ, गौरव लामा र सनबहादुर रघुवंशी (४ मिनेट ०४.७१ सेकेन्ड)ले रजत जिते । बागमती प्रदेशका इर्भिन श्रेष्ठ, रोशा न्यौपाने, टिसा महर्जन र सिरेन सिंह (४ मिनेट १४.२५ सेकेन्ड)ले कांस्य पदक हात पारे ।

त्यस्तै महिला चार सय मिटर फ्रिस्टाइलमा डुआनाले स्वर्ण पदक जित्दा पुलिसकी मेघेन गुरुङ (५ मिनेट ०४.३८ सेकेन्ड)ले रजत तथा बागमतीकी टिसा महर्जन (५ मिनेट ०७.३६ सेकेन्ड)ले कांस्य पदक जिते ।

पुरुष चार सय मिटर व्यक्तिगत मिड्लेमा एनआरएनएका आशिषले स्वर्ण, प्रदेश एकका प्रारम्भ भण्डारी (५ मिनेट १२.०९ सेकेन्ड)ले रजत र एपिएफका सुरेनबहादुर सिंह (५ मिनेट १२.१५ सेकेन्ड)ले कांस्य पदक जिते ।

यसैगरी महिला १ सय मिटर ब्रेस्टस्ट्रोकमा डुआना पहिलो हुँदा आर्मीकै उपस्थी महर्जन (१ मिनेट २२.३९ सेकेन्ड)ले रजत तथा पुलिसका अदिप्शा वैद्य (१ मिनेट २२.६७ सेकेन्ड)ले कांस्य पदक जिते ।

मंगलबारै पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा प्रदेश एकका विकास कुमाल (१ मिनेट ०७.५३ सेकेन्ड)ले स्वर्ण, आर्मीका नासिर (१ मिनेट ०८.४६ सेकेन्ड)ले रजत तथा एनआरएनएका आशिष (१ मिनेट ०८.८० सेकेन्ड)ले कांस्य पदक जिते ।

पुरुष २ सय मिटर बटरफ्लाईमा आशिषले स्वर्ण पदक जित्दा आर्मीका अनुभव सुब्बा (२ मिनेट २६.६० सेकेन्ड)ले रजत तथा एपिएफका सुरेनबहादुर सिंह (२ मिनेट २६.६० सेकेन्ड)ले कांस्य पदक जिते ।

मंगलबारबाट कुल ३५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको पौडीको प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता सम्पन्न हुँदा नेपाल आर्मीको टोली २० स्वर्ण ९ रजत तथा ७ कांस्य पदकसहित च्याम्पियन बनेको छ ।

यसैगरी ९ स्वर्ण ६ रजत तथा ७ कांस्य पदकसहित एनआरएनएको टिमले १६ पदक जित्यो । एपिएफले ३ स्वर्ण, ४ रजत र ६ कास्यसहित १३ र प्रदेश १ ले २ स्वर्ण, ३ रजत र १ कास्यसहित सात पदक जित्यो ।

यस्तै नेपाल पुलिस क्लबले १ स्वर्ण, ८ रजत र १० कास्य गरी १९ पदक जित्यो । स्वर्णविहीन बनेको बागमती प्रदेशले ४ रजत र १० कास्य गरी १४ पदक जित्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो