चैत्र ७, २०८२ शनिबार | २१:३८:०१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष हुसेन नेपाल आउँदै

काठमाडौं । नेपाल पौडी संघको निमन्त्रणामा अन्तर्राष्ट्रिय पौडी महासंघ (वर्ल्ड एक्वाटिक्स) का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउने भएका छन् ।

पौडी खेलको विकास र विस्तार गर्ने क्रममा विभिन्न देशको भ्रमणमा रहेका अध्यक्ष हुसेनले नेपालमा पौडी तथा एक्वाटिक्स खेलको विकासका बारेमा जानकारी लिने र पौडी तथा एक्वेटिक्स खेलको विकासलाई कसरी अझै अगाडी बढाउन सकिन्छ भन्ने बारेमा पौडी संघका पदाधिकारीहरु र सम्वन्धितसँग छलफल गर्ने कार्यक्रम छ ।

अध्यक्ष हुसेन मंगलबार बिहान ८ बजे अवतरण काठमाडौं गर्ने कार्यक्रम रहेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराए ।

यसैगरी पौडी लगायत एक्वाटिक्स खेलको विकासका लागि महासंघका कोचिङ्ग एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वर्ल्ड च्याम्पियन) पनि सोमबार नेपाल आउँदैछन् । उनीहरु सोमबार विहान ८ बजे नेपाल आउने कार्यतालिका  छ ।

उनीहरुले सोमबार र मंगलबार दुई दिन नेपालका पौडी प्रशिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रमछ । उक्त अवसरमा नेपाली प्रशिक्षकहरुलाई कोचिङ्ग स्किल डेभलपमेन्ट सम्वन्धि सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नेछन् ।

कार्यक्रममा नेपालका प्रमुख पौडीबाजहरुले पनि सहभागिता जनाउने पौडी संघका अध्यक्ष बज्राचार्यले जानकारी गराए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो