चैत्र १३, २०८२ शुक्रबार | १०:२०:१२
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

५० मिटर ब्याकस्ट्रोकमा गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडाैं । नेपाली पैडीबाज गौरिका सिंहले जापानको फुकुओकामा जारी २०औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसीपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

 ५०मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै ३१.४४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

गौरिकाले बुधबार  सन् २०१६ मा गोहाटीमा आयोजना भएको १२औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको कीर्तिमान सुधार गरेकी हुन् ।

गौरिकाले यसै च्याम्पियनसीपमा १ सय मिटर ब्याकस्ट्रोकमा पनि नयाँ किर्तिमान राखेकी थिइन् ।

ओलम्पिकको छनोट प्रतियोगिता समेत रहेको च्याम्पियनसीपको आज भएको पुरुष तर्फको १ सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले पनि सामान्य सुधार गर्दै नयाँ किर्तिमान कायम गरेका छन्  ।

एलेक्सले हालै सम्पन्न ११औं एनएसए कप च्याम्पियनसीपमा बनाएको ५२.९६ सेकेन्डको कीर्तिमान सुधार्दै ५२.९४ समयका साथ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

मंगलबार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २ सय मिटर फ्रिस्टायलमा आफ्नो व्यक्तिगत समयमा सुधार गर्दै २ मिनट १२.४६ दुरी पूरा गरेकी थिइन् । यसअघि डुवानको व्यक्तिगत समय २ मिनेट १५.०१ समय रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।

अब नेपाली खेलाडीको दुई खेल बाँकी छ । बिहिबार डुवाना लामाले १ सय मिटर फ्रिस्टायल र एलेक्सले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो