काठमाडौं । नेपालले चौथो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा चार स्वर्ण, सात रजत र दुई कांस्य गरी १३ पदक जितेको छ ।
बंगलादेशको जेसोरमा जनवरी १३ र १४ तारिखमा भएको प्रतियोगितामा सहभागी भइ मंगलबार स्वदेश फर्केको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै भेटी सफलताका लागि बधाइ दिए ।
गणेश पाइजा,विनुमाया तामाङ, देवकुमार तामाङ र प्रेमप्रसाद नेपालले स्वर्ण जिते । विनुले थप एक रजत पनि जितिन् । राजकुमार पाइजा, लक्ष्मण पुन, विजल पाइजा, मन्दिप खड्का, श्रीकिशुन साह र समित महर्जनले रजत जिते । अमृत तामाङ र शम्भु नेपालीले कांस्य हात पारे ।
प्रशिक्षकमा साइला गमाल, व्यवस्थापकमा रामकुमार थारु तथा अफिसियलमा सिताराम लामा, तेजेन्द्र पाइजा, पहलमान महर्जन र पुष्पाराज गिरी रहेका छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
