चैत्र ७, २०८२ शनिबार | २०:५२:३९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिता सुरु

काठमाडौं, (खेलाडी)- नेपाल सितोरियो कराँते संघ र शंखधर डोजोद्धारा आयोजित प्रथम अन्तर नगर मेयर कप कराँते तथा किक बक्सिङ प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगिताको मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाले एक समारोहका बीच उद्घाटन गरे ।

मध्यपुर थिमी नगरपालिकास्थित कुमारी पार्टी प्यालेस बोडेमा भएको प्रतियोगितामा कुल ४४ डोजोका ४ सय ७५ खेलाडीको सहभागिता छ । 

प्रतियोगितामा एकल काता, कुमुते र किक बक्सिङमा प्रतिस्पर्धा भइरहेको छ ।

कुमुतेमा महिला र पुरुष दुवै विधातर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी गरि कुल ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै एकल काता र किक बक्सिङमा पुरुषतर्फ ५५ केजी देखी ६० केजी तौल समूह र महिलातर्फ ५० केजी देखी ५५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २५ हजार, दोस्रो स्थानको खेलाडीले नगद १० हजार र तेस्रो स्थानको खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् ।

कुमुते र किकबक्सिङ दुवैतर्फ उत्कृष्ट एक पुरुष र एक महिला खेलाडीले एक–एक थान माउन्टेन बाइक प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उदियमान एक महिला र एक पुरुष खेलाडीलाई ट्रफीसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो