वैशाख ३०, २०८२ मंगलबार | १५:००:०५
प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल

सगरमाथा अन्तर्राष्ट्रिय कराँतेमा सुमनलाई स्वर्ण पदक

आठौं सगरमाथा अन्तर्राष्ट्रिय करातेका पदक विजेता पुष्पकमल दाहाललगायत अतिथिसंग सामूहिक तस्वीर खिचाउदै । तस्बिर सौजन्य : राखेप

काठमाडौं । नेपालका सुमन भ्लोनले शुक्रबारबाट राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सुरु भएको आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिभम् श्रेष्ठलाई पराजित गरे । भारतका हरि राम र चैतन्य शर्माले तेश्रो स्थानमा चित्त बुझाए ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रतियोगिताको पहिलो संस्करण पनि आफैले उद्घाटन गरेको स्मरण गरे । उनले खेल क्षेत्र मानवीय, सामाजिक र राजनीतिक जीवनमा अत्यन्तै महत्वपूर्ण भएको भन्दै जुनसुकै राष्ट्रको विकासको मापन गर्ने मापदण्ड खेलकुद भएको बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले कुनै देशको आर्थिक क्षेत्रको विकासको माध्यम पनि खेल क्षेत्र नै भएको बताउदै राष्ट्रिय एकता तथा अन्तर्राष्ट्रिय भाइचाराको निर्माण गर्ने माध्यम पनि खेल क्षेत्र भएको धारणा व्यक्त गरे ।

उनले खेलकुद क्षेत्रको विकासका लागि उर्जासिल तथा खेल क्षेत्रमा विज्ञता हासिल गरेका युवाहरुलाई रोज्ने गरेको र त्यसबाट खेलकुदको समग्र विकास गर्दै यसैको माध्यमले आर्थिक रुपमा सम्बृद्ध राष्ट्र बनाउनेमा आफू विश्वस्त रहेको बताए ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले वर्ष भरि नै राष्ट्रिय टिम तयारी सञ्चालन गर्ने योजना बनाएको बताउँदै कराते खेलले राष्ट्रको नामलाई उच्च राख्दै आएको बताए । उनले १७औं एसियाली खेलकुदमा करातेबाट विमला तामाङले राखेको इतिहासलाई करातेले पुनः कायम गर्ने गरी सम्बन्धित निकायले वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिए ।

नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र भुटान गरी चार देशका खेलाडीको सहभागिता रहेको आयोजक डोजोका प्रमुख गजेन्द्रबहादुर खपाङ्गीले जनाएका छन् । विभिन्न २७ स्पर्धामा एक हजार खेलाडी सहभागी भएको बताइएको छ । प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP