माघ १९, २०८२ सोमबार | ०३:११:३८
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

उमा खुला करातेमा आयुश र सविना सर्वाेत्कृष्ट

काठमाडौं । आयुश राई र सविना तामाङ मंगलबार उमा खुला कराते प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल गोजु काई कराँते सघंले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ ३० केजीमुनि तौलसमूहमा स्वर्ण जितेका आयुश राई र महिलातर्फ ४० केजीमुनि तौलसमूहकी च्याम्पियन मानसिंहकी सविना तामाङ सर्वोत्कृष्ट खेलाडी चुनिए । सर्वोत्कृष्ट चुनिएका खेलाडीले जनही आठ हजार रूपैयाँ प्राप्त गरे ।

मंगलबार सम्पन्न प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र तीन कास्य जितेको जोरपाटी च्याम्पियन बन्यो । उपविजेता बनेको मानसिंह डोजोले चार स्वर्ण, तीन रजत र पाँच कास्य हात पारेको छ । यस्तै तीन स्वर्णसहित शंखडोल डोजोले तेस्रो स्थान हासिल गर्यो ।

प्रतियोगिताको पुरूषतर्फ कातामा नेपाल हाइसी–हा एकेडेमीका कृष्ण ऐडीले स्वर्ण जित्दा महिलातर्फ जोरपाटी डोजोकी ईशा वाइबाले स्वर्ण पदक जितिन् ।

महिलातर्फ ४० केजीमुनि तौलसमूहमा मानसिंह डोजोकी सविना तामाङ, ४५ केजीमूनि तौलसमूहमा शंखडोलकी अनिता तामाङ र ५० केजीमा साउथ भ्यालीकी नवीना डिम्डुङले स्वर्ण पदक हासिल गरिन् । 

यसैगरी महिला ५५ केजीमा शंखडोलकी युनिका राई, ६० केजीमा मानसिंहकी प्रविना गुरुङ र महिला खुलातर्फ जोरपाटी डोजोकी अस्मिता प्रजाले स्वर्ण पदक जिते ।

यस्तै, पुरुष ५५ केजीमुनि तौलसमूहमा जोरपाटी डोजोका विशाल केसी, ६० केजीतर्फ जोरपाटीका सुजन राई र पुरुष खुलातर्फ गोठाटारका रविन त्रिपाठीले स्वर्ण पदक जिते ।

राजधानीमा दुई दिनसम्म चलेको प्रतियोगितामा २० जिल्ला र डोजोहरुबाट दुई सय भन्दा बढी खेलाडीको सहभागी थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।