चैत्र १८, २०८२ बुधबार | १०:४८:०९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

आइएफके कराते सेमिनार सम्पन्न

काठमाडौं । इन्टरनेसनल आइएफके कराते सेमिनार बिहीबार सम्पन्न भएको छ । तीन दिनसम्म काठमाडौंमा सञ्चालन भएको सेमिनारमा देशभरबाट ५० बढी खेलाडी सहभागी भएका थिए ।

आइएफकेका अध्यक्ष सिहान डेभिड पिकथाल नेपाल आएर प्रशिक्षण दिएका हुन् । फागुन १ गतेदेखि सुरु सेमिनारमा आइएफके नेपालका प्रमुख गणेश कक्षपतीसहितका खेलाडी सहभागी थिए ।

सेमिनारमा फाइटिङ टेक्निक, बेसिक, बेल्ट प्रमोसन टेष्टसहितका विधामा खेलाडीलाई प्रशिक्षण दिइएको थियो ।

सेमिनारमा आइएफके नेपालका प्रमुख कक्षपतीले फोर डान प्राप्त गरेका थिए । उनीसँगै ७ खेलाडीले बेल्ट प्रमोसनको परिक्षा दिएका थिए । सो क्रममा अनिल श्रेष्ठले थ्री डान, सरोज प्रजापति, केन्द्रकुमार श्रेष्ठ र विजय नगरकोटीले सेकेन्ड डान तथा निरोज नगरकोटी, सुमित्रा नगरकोटी, दिलबहादुर थोकर फस्ट डानमा उत्तिर्ण गरेका थिए ।

आइएफकेले यस वर्षको अक्टोबरमा बेलायतमा वर्ल्ड काता च्याम्पियनसिपको आयोजना समेत गर्दैछ । आइएफके नेपालको सदस्यता लिएका खेलाडीले छनोटका आधारमा वर्ल्ड काता च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने नेपाल प्रमुख कक्षपतीले जानकारी दिए  ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो