चैत्र ११, २०८२ बुधबार | २३:५९:५४
माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा एन्फा तीन महिनाका लागि निलम्बित लिगको सुनिश्चिता नहुँदा घर फर्किन थाले महिला खेलाडी नेपाल सेमिफाइनल नजिक, सुवासको निर्णायक गोलमा श्रीलंका पराजित सुवासको गोलमा श्रीलंकाविरुद्ध नेपाललाई अग्रता राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा

कृष्णप्रसाद भट्टराई स्मृति करातेको तयारी पूरा

काठमाडौं । कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तेस्रो संस्करणको तयारी पूरा भएको आयोजक ललितपुर जिल्ला प्रमुख डोजो लगनखेलले जनाएको छ ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराते महासंघको तत्वावधान एवं प्राविधिक सहयोगमा हुने प्रतियोगिता सातदोबाटोस्थित कराते हलमा हुनेछ ।

प्रतियोगितामा पुरुष तर्फ ५०, ५५, ६०, ६७, ७५–८४, ८४ केजी माथी, काता र टिम काता तथा महिला तर्फ ४५, ५०,५५, ६१, ६८, ६८ केजी माथि, काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।

१७ तौल समूहमा सात प्रदेश र तीन विभगीय टोली गरि १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा प्रत्येक टिमबाट २१ खेलाडी, दुई प्रशिक्षक र १ व्यवस्थापक गरि २ सय ४० खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा ५० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र २० जना प्राविधिक गरी ३ सय १० जनाको प्रत्यक्ष सहभागिता रहने प्रतियोगिता संयोजक दीपक श्रेष्ठले जानकारी गराएका छन् ।

नेपाल कराते महासंघको वार्षिक क्यालेण्डरमा समावेश प्रतियोगिता गर्न करिव ५५ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

प्रतियोगिताको च्याम्पियनले १ लाख तथा दोस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो