चैत्र १८, २०८२ बुधबार | १२:५८:३४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

राष्ट्रिय महिला हक्कीः आर्मीको विजयी सुरुआत

जनकपुर । नेपाल आर्मीले प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ ।

जनकपुरमा भइरहेको प्रतियोगितामा आर्मीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ३-१ ले पराजित गर्यो । आर्मीका डमरा भट्टले दुई र निलिमा पाण्डेले एक गोल गरे । मदन भण्डारीका लागि सपना मण्डलले एक गोल गरिन् ।

अन्य खेलमा कोशी प्रदेश र लुम्बिनी प्रदेशले जित हात पारे । कोशीले मधेश प्रदेशलाई ३-२ ले हरायो । कोशीकी सुप्रिया टिगाले दुई तथा हर्सिता कनौजियाले एक गोल गरे । मधेशका लागि प्रीति र शुभम्ले गोल गरे ।

लुम्बिनीले बागमती प्रदेशमाथि ५-० को सहज जित निकाल्यो । लुम्बिनीका लागि अनन्य बर्नवालले ह्याट्रिक गर्दा अर्चना साहिब र अर्टिकुलरकुमार बर्मायडले समान एक गोल थपे ।

प्रतियोगिताको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, आर्मी र आयोजकसहित आठ टोली सहभागी छन् । विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेश्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता फागुन १९ गतेसम्म हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो