चैत्र ५, २०८२ बिहीबार | १४:१८:४८
एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा

सूर्य नेपाल एनपिजीए म्याच प्लेः क्वाटरफाइनल समिकरण पूरा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजीए म्याच प्लेको क्वाटरफाइनल समिकरण पूरा भएको छ।

प्रतियोगिताको पहिलो दिन मंगलबार  नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राई, दोस्रो वरीयताका साविक विजेता भुवन नगरकोटी तथा रबि खड्का, रमेश अधिकारी, धनबहादुर थापा, जयराम श्रेष्ठ, भुवन कुमार रोक्का र दिनेश प्रजापतिले पहिलो चरणको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाए।

शुक्रले २० औं वरीयताका टंक बहादुर कार्कीलाई सहजै ५ः४ ले हराए। शुक्रले क्वाटरफाइनलमा १० औं वरीयताका भुवन कुमार रोक्काको सामना गर्नेछन्। भुवनले नवौं वरीयताका रामे मगरलाई २ः१ ले हराए ।

दोस्रो वरीयताका नगरकोटीले भने १९औं वरीयताका सञ्जोक मोक्तानलाई २ः१ ले हराए। उनले अब आठौं वरीयताका धनबहादुरसँग खेल्नेछन्। धनले पहिलो चरणमा ११औं वरियताका धरानका बलभद्र राईलाई ३ः२ ले पराजित गरेका हुन्।

यसैगरी तेस्रो वरीयताका जयरामले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न  १७ औं वरीयताका कृष्णमान राजबाहकलाई अन्तिम होलमा (१–अप) ले पराजित गरे। उनले अब सातौं वरियताका दिनेश प्रजापतिसँग खेल्नेछन्। दिनेशले पनि अन्तिम होलमा १२ औं वरीयताका सुर्य प्रसाद शर्मालाई पराजित गरे।

अर्को खेलमा पाँचौ वरीयताका रवीले १५औं वरीयताका प्रदीप कुमार लामालाई २ः १ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरे। उनले १३ औं वरीयताका रमेशको सामना गर्नेछन् । रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरीयताका सञ्जय लामालाई ३ः१ ले स्तब्ध बनाए ।

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगिता भाग लिने भएतापनि चार खेलाडी अनुपस्थित रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन्। पहिलो चरण, क्वार्टरफाइनल, सेमीफाइनल र तेश्रो स्थानको लागी हुने खेल १८ होलको हुनेछ भने फाइनल खेल ३६ होलको प्रतिस्पर्धा हुनेछ। बुधबार क्वार्टरफाइनल र सेमीफाइनलका खेलहरु हुनेछन्। बिहिबार तेश्रो स्थान र फाइनल खेल खेलिनेछन्।

सूर्य नेपाल प्रालिको प्रायोजनमा पिजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी दुई लाख ५० हजार छ।

प्रतियोगिताको विजेताले ६० हजार, उपविजेताले ४२ हजार, तेश्रो र चौंथो हुनेले क्रमशः ३२ हजार र २४ हजार  रूपैयाँ प्राप्त गर्नेछन्। 

यसैगरी क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त रुपैयाँ गर्नेछन्।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं