माघ ३, २०८२ शनिबार | ०३:१४:२०
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै

सूर्य नेपाल एनपिजीए म्याच प्लेः क्वाटरफाइनल समिकरण पूरा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२-२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजीए म्याच प्लेको क्वाटरफाइनल समिकरण पूरा भएको छ।

प्रतियोगिताको पहिलो दिन मंगलबार  नेपाल नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राई, दोस्रो वरीयताका साविक विजेता भुवन नगरकोटी तथा रबि खड्का, रमेश अधिकारी, धनबहादुर थापा, जयराम श्रेष्ठ, भुवन कुमार रोक्का र दिनेश प्रजापतिले पहिलो चरणको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाए।

शुक्रले २० औं वरीयताका टंक बहादुर कार्कीलाई सहजै ५ः४ ले हराए। शुक्रले क्वाटरफाइनलमा १० औं वरीयताका भुवन कुमार रोक्काको सामना गर्नेछन्। भुवनले नवौं वरीयताका रामे मगरलाई २ः१ ले हराए ।

दोस्रो वरीयताका नगरकोटीले भने १९औं वरीयताका सञ्जोक मोक्तानलाई २ः१ ले हराए। उनले अब आठौं वरीयताका धनबहादुरसँग खेल्नेछन्। धनले पहिलो चरणमा ११औं वरियताका धरानका बलभद्र राईलाई ३ः२ ले पराजित गरेका हुन्।

यसैगरी तेस्रो वरीयताका जयरामले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न  १७ औं वरीयताका कृष्णमान राजबाहकलाई अन्तिम होलमा (१–अप) ले पराजित गरे। उनले अब सातौं वरियताका दिनेश प्रजापतिसँग खेल्नेछन्। दिनेशले पनि अन्तिम होलमा १२ औं वरीयताका सुर्य प्रसाद शर्मालाई पराजित गरे।

अर्को खेलमा पाँचौ वरीयताका रवीले १५औं वरीयताका प्रदीप कुमार लामालाई २ः १ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरे। उनले १३ औं वरीयताका रमेशको सामना गर्नेछन् । रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरीयताका सञ्जय लामालाई ३ः१ ले स्तब्ध बनाए ।

गत सिजनको उत्कृष्ट १६ प्रोफेसनल गल्फरले प्रतियोगिता भाग लिने भएतापनि चार खेलाडी अनुपस्थित रहेकोले उत्कृष्ट २० सम्मका खेलाडीले मौका पाएका हुन्। पहिलो चरण, क्वार्टरफाइनल, सेमीफाइनल र तेश्रो स्थानको लागी हुने खेल १८ होलको हुनेछ भने फाइनल खेल ३६ होलको प्रतिस्पर्धा हुनेछ। बुधबार क्वार्टरफाइनल र सेमीफाइनलका खेलहरु हुनेछन्। बिहिबार तेश्रो स्थान र फाइनल खेल खेलिनेछन्।

सूर्य नेपाल प्रालिको प्रायोजनमा पिजीए नेपालले आयोजना गरेको प्रतियोगिताको कुल पुरस्कार राशी दुई लाख ५० हजार छ।

प्रतियोगिताको विजेताले ६० हजार, उपविजेताले ४२ हजार, तेश्रो र चौंथो हुनेले क्रमशः ३२ हजार र २४ हजार  रूपैयाँ प्राप्त गर्नेछन्। 

यसैगरी क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् र पहिलो चरणबाट बाहिरिने आठ खेलाडीले समान ६ हजार प्राप्त रुपैयाँ गर्नेछन्।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate