माघ १५, २०८२ बिहीबार | २१:२७:३९
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’ मंगबारबाट हुने

काठमाडौं ।  सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’  मंगलबारबाट सुरु हुने भएको छ ।

नेपाल गल्फर एसोसियनले सोमबार पत्रकार सम्मेलन गर्दै तीन दिने प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुने जनाएको हो ।

यस प्रतियोगितामा पछिल्लो पूरा सिजन २०२१-२२ को वरीयता अनुसार शीर्ष १६ गल्फरले प्रतिस्पर्धा गर्ने भए पनि यसपटक १६ मा रहेका चार गल्फर अनुपस्थित रहेकाले २० औं वरीयतासम्म रहेका गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।

मंगलबार पहिलो चरणको खेल तथा बुधबार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ । विहीबार अन्तिम दिन फाइनल हुनेछ । फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ ।

प्रतियोगिताको पहिलो चरणमा शीर्ष वरीयताका शुक्रबहादुर राईले २० औं वरीयताका टंकबहादुर कार्कीसँग खेल्नेछन् । दोस्रो वरीयताका भुवन नगरकोटीले १९ औं वरीयताका सन्जोक मोक्तान खेल्नेछन् ।

यसैगरी पहिलो चरणमा जयराम श्रेष्ठले कृष्णमान राजवाहक, रवि खड्काले प्रदीप कुमार लामा, संजय लामाले रमेश अधिकारी, दीनेश प्रजापतिले सूर्य प्रसाद शर्मा, धनबहादुर थापाले बलभद्र राई तथा रामे मगरले भुवनकुमार रोक्काको सामना गर्नेछन् ।

भारतको व्यावसायिक गल्फ प्रतियोगिता पिजिटिआईको छनोट खेल्न भारत प्रस्थान गरेकाले चौथो वरीयताका निरज तामाङ सहभागी छैनन् । त्यस्तै राजेन्द्र थापामगर (१४), पूर्ण शर्मा (१६) र तिर्थ पौडेल ९१८० पनि उपस्थित हुने छैनन् ‌।

प्रतियोगिताको विजेताले ६० हजार, उपविजेताले ४२ हजार, तेस्रो हुनेले ३२ हजार तथा चौथो स्थान हासिल गर्नेले २४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । क्वाटरफाइनल बाहिरिनेले ११ हजार र पहिलो चरणमै निस्कने गल्फरले ६ हजार पाउनेछन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।