माघ १६, २०८२ शुक्रबार | ०२:२७:४०
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

सद्भावलाई एकल अग्रता

काठमाडौं । एमेच्योर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिपको तेस्रो दिन बुधबार एकल अग्रता लिएका छन् ।

सद्रभावले समग्रमा ११-अन्डर २०५ को उत्कृष्ट स्कोरमा तेस्रो दिनको खेल सक्काए । बुधबार २-अन्डर ७० खेलेका सद्भावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे।

भुवनले बुधबार १-अन्डर ७१ मा खेल सकाउँदा समग्रमा १०-अन्डर २०६ सहित दोस्रो स्थानमा रहेका छन्। अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सद्भाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

समग्रमा ३-अन्डर २१३ को नतिजामा दिनेश प्रजापती र विजय श्रेष्ठ  संयुक्त रुपमा तेस्रो स्थानमा छन्। आज दिनकै उत्कृष्ट ४-अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन्। विजयले आज १-ओभर ७३ मा खेल सकाए।

बुधबार १-अन्डर ७१ स्कोर बनाउँदा समग्रमा २-अन्डर २१४ सहित नीरज तामाङ पाँचौं स्थानमा छन्। एमेच्योर राहुल विश्वकर्मा समग्रमा १-ओभर २१७ सहित छैटौं स्थानमा उक्लिएका छन्। उनले आज ३-अन्डर ६९ को कार्ड तयार पारे।

यसैगरी एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामाले समग्रमा २-ओभर २१८ सहित सातौं स्थान बाँडे। टासीले १-अन्डर ७१ र सञ्जयले इभन-पार ७२ मा बुधबारको खेल पूरा गरे। समग्रमा ३-ओभर २१९ सहित युवराज भुजेल र रवि खड्का संयुक्तरूपमा नवौं स्थानमा छन्। दुवैले बुधबार ४-ओभर ७६ मा खेल पूरा गरे।

लगातार दुई दिनको संयुक्त लिडर भुवनलाई पछि पार्दै एकल अग्रता बनाउने क्रममा सद्भावले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र छैटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगीरहित खेले। यसपछि १४औँ होलमा एक शट बचाए पनि १७औँ होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।

भुवनले राम्रो शुरूआत गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा पूरा गरे। दोस्रो होलमा एक शट खेर फाले। तर यसपछि चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। तर, यो लयलाई भुवनले निरन्तरता दिन सकेनन्। १५औँ र १७औँ होलमा बोगी खेप्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए।

दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा पूरा गरे। चौथो होलको बोगीकाविरुद्ध तेस्रो,सातौं  र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि १०औँ र ११औँ होलमा पनि एक/एक सट बचाए।

विजयले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौँ होलमा एक/एक सट बचाए भने पाँचौँ र छैटौं होलमा बोगी खेपे। ब्याक नाइन भने १-ओभर ३७ मा पूरा गरे। विजयले १० देखि १२औँ होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरिसकेका थिए। तर ४-पारको १४औँ होलमा ट्रिपल बोगीको सामना गर्नबाध्य हुँदा १७औँ होलमा एक सट खेर फाले।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।