चैत्र ११, २०८२ बुधबार | ०८:४५:५३
साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण

सद्भावलाई एकल अग्रता

काठमाडौं । एमेच्योर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत छैटौँ प्रतियोगिता, सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिपको तेस्रो दिन बुधबार एकल अग्रता लिएका छन् ।

सद्रभावले समग्रमा ११-अन्डर २०५ को उत्कृष्ट स्कोरमा तेस्रो दिनको खेल सक्काए । बुधबार २-अन्डर ७० खेलेका सद्भावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे।

भुवनले बुधबार १-अन्डर ७१ मा खेल सकाउँदा समग्रमा १०-अन्डर २०६ सहित दोस्रो स्थानमा रहेका छन्। अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सद्भाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।

समग्रमा ३-अन्डर २१३ को नतिजामा दिनेश प्रजापती र विजय श्रेष्ठ  संयुक्त रुपमा तेस्रो स्थानमा छन्। आज दिनकै उत्कृष्ट ४-अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौँ स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन्। विजयले आज १-ओभर ७३ मा खेल सकाए।

बुधबार १-अन्डर ७१ स्कोर बनाउँदा समग्रमा २-अन्डर २१४ सहित नीरज तामाङ पाँचौं स्थानमा छन्। एमेच्योर राहुल विश्वकर्मा समग्रमा १-ओभर २१७ सहित छैटौं स्थानमा उक्लिएका छन्। उनले आज ३-अन्डर ६९ को कार्ड तयार पारे।

यसैगरी एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामाले समग्रमा २-ओभर २१८ सहित सातौं स्थान बाँडे। टासीले १-अन्डर ७१ र सञ्जयले इभन-पार ७२ मा बुधबारको खेल पूरा गरे। समग्रमा ३-ओभर २१९ सहित युवराज भुजेल र रवि खड्का संयुक्तरूपमा नवौं स्थानमा छन्। दुवैले बुधबार ४-ओभर ७६ मा खेल पूरा गरे।

लगातार दुई दिनको संयुक्त लिडर भुवनलाई पछि पार्दै एकल अग्रता बनाउने क्रममा सद्भावले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र छैटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगीरहित खेले। यसपछि १४औँ होलमा एक शट बचाए पनि १७औँ होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।

भुवनले राम्रो शुरूआत गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा पूरा गरे। दोस्रो होलमा एक शट खेर फाले। तर यसपछि चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। तर, यो लयलाई भुवनले निरन्तरता दिन सकेनन्। १५औँ र १७औँ होलमा बोगी खेप्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए।

दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा पूरा गरे। चौथो होलको बोगीकाविरुद्ध तेस्रो,सातौं  र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि १०औँ र ११औँ होलमा पनि एक/एक सट बचाए।

विजयले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौँ होलमा एक/एक सट बचाए भने पाँचौँ र छैटौं होलमा बोगी खेपे। ब्याक नाइन भने १-ओभर ३७ मा पूरा गरे। विजयले १० देखि १२औँ होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरिसकेका थिए। तर ४-पारको १४औँ होलमा ट्रिपल बोगीको सामना गर्नबाध्य हुँदा १७औँ होलमा एक सट खेर फाले।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो